२०८१ बैशाख १२

निजामति सेवा दिवसमा ब्याडमिण्टन प्रतियोगिता

२४ भदौ,रोल्पा । निजामति सेवा दिवस २०७७ सालको अबसरमा सुनछहरी गाउँपालिका रोल्पाले खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
यहि भदौ २२ गते परेको निजामति सेवा दिवसका दिन देखी शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता रहेको थियो ।
लिग सिस्तममा खेलाइएको प्रतियोगितामा गुमानसिङ विष्ट र सागर बुढामगरको टिम प्रथम, हर्क घर्तीमगर र इन्द्रजित सुनारको टिम दोस्रो, हर्कु पुनमगर र विक्रम पुनमगरको टिम तेस्रो भएका छन् भने सरद पुलामि र लाल बहादुर घर्तीमगरको टिम सान्तोना भएका छन् ।
गाउँपालिकाका योजना अधिकृत रमेश गिरीले जनाए अनुसार विजयी प्रतियोगिहरुलाई नगद पुरुषकार तथा प्रमाणपत्रले पुरुष्कृत गरीएको छ पुरुषकार वितरण समारोहमा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत वीर बहादुर पुन,पालिकाका पशु चिकित्सक सुन बहादुर पुनमगर, इप्रका पोबाङका इन्चार्ज मोहम्मद रफिक अनसारी लगायतको उपस्थिति रहेको थियो ।


पुरुषकार रकम ब्याडमिन्टन संघको कोषमा
प्रतियोगितामा विभिन्न स्थान हासिल गरेका खेलाडी समुहहरुले आफुहरुले प्राप्त गरेको रकम सुनछहरी ब्याडमिन्टन संघको कोषमा जम्मा गरेका छन् जस अन्तरगत पहिलो हुने समुहले रु १ हजार रकम जम्मा गरेका छन् भने दोस्रो र तेस्रो हुने समुहले पाँच पाँच सय रुपैया जम्मा गरेका छन् । यसका साथै आयोजक सुनछहरी गाउँपालिकाले ३ हजार दुई सय रुपैयाँ बराबरको कर्क संघलाई सहयोग स्वरुप प्रदान गरेको छ । ब्याडमिन्टन खेललाई थप विकास गर्नु आबश्यक रहेकाले आगामि दिनमा थप विकसित तरिकाले प्रतियोगिताहरु सन्चालन र आयोजना गर्ने सुनछहरी ब्याडमिन्टन संघले जनाएको छ ।