२०८१ जेष्ठ ५

आइ.एन.एफ नेपाल जिल्ला शाखा राेल्पाकाे परियाेजना सल्लाहकार समितिकाे बैठक

पाेबाङ,राेल्पा ।आइ.एन.एफ नेपाल जिल्ला शाखा राेल्पाकाे परियाेजना सल्लाहकार समितिकाे बैठक समितिका अध्यक्ष एवं सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर मगरकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । गाउँपालिकाे बैठक कक्षमा सम्पन्न बैठकमा गाउँपालिका उपाध्यक्ष ननकला घर्तीमगर,प्रमुख प्रशासकिय अधिकृत लालसिङ खड्का,सुनछहरी ४ र ७ नं वडाका वडाअध्यक्षहरू हर्कराम बुढामगर र राज बहादुर राेकामगर, नेपाल आदिवासीजनजाति पत्रकार महासंघ(फाेनिज)का केन्द्रीय सदस्य हर्क घर्तीमगर,गाउँपालिका विषयगत शाखाका प्रमुख प्रतिनिधिहरूकाे सहभागित रहेकाे आयाेजकले जानकारी दिएकाे छ ।

बैठकमा आइ.एन.एफ नेपाल राेल्पा शाखाका परियाेजना अधिकृत तिलक भन्डारीले शाखा द्वारा आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न कार्यक्रम र आय-व्यय प्रस्तुत गरेका थिए । बैठकमा जानकारी गराइए अनुसार आइएनएफ राेल्पा शाखाले सुनछहरी गाउँपालिका वार्ड नं.२,३ र ४ मा आर्थिक विकासका लागि कृषि तथा प्रविधि शसक्तिकरण कार्यक्रम(एजुकेड),खाने पानी तथा सरसफाइ,जलबायु परिवर्तन साथै सुधारिएकाे चुलाे लगायत क्षेत्रमा काम गरिरहेकाे छ भने वडा नं. ७  सुधारिएको चुलाे कार्यक्रम सन्चालनमा छ । विभिन्न दातृ निकायबाट प्राप्त सहयाेगद्वारा संस्थाले काम गर्नेगरेकाे छ । आर्थिक बर्ष २०७९/०८० मा संस्थाले १ कराेड ७१ लाख ५९ हजार एक सय चवालिस बराबरकाे बजेट खर्च गरेकाे बताएकाे छ भने एजुकेड परियाेजनाबाट ५०८ घरधुरि,खानेपानि सरसफाइबाट १ हजार छयालिस घरधुरि,जलबायु परिबर्तन बाट १ हजार २ सय छैसठ्ठी र सुधारिएकाे चुलाेबाट १ हजार ५ सय एकचालीस घरधुरिहरु लाभान्वित भएका छन् ।