२०८१ बैशाख २३

राजनीति र रत्नपार्क

राजनीति र रत्नपार्क                                                           

एउटा राजनैतिक
चेत भएको सक्षम मान्छे
जब मौन बस्न विवश हुन्छ।
तब उ एउटा
वैचारिक नपुंसकता भएको
निरीह मर्द जस्तै हुन्छ

क्षमताका बाबजुद पनि
मौन बस्न लाचार,
क्षमता कहाँ कस्लाई देखाउ ?
राजनीति रत्नपार्क जस्तै भएको छ
महत्त्व र अर्थ एकातिर
तर प्यासी र मुहानहरुको
तात्पर्य अर्कोतिर

´दाइ एक रातको एउटा मन्त्रालय मिलाइदिने हो ?`
´मन्त्रालय अलि बढी भयो
सांसदसम्म बनाइदिन्छु
हुदैन ?`
´सर्विस चित्तबुझ्दो हुनुपर्छ।
हेरौला।`

बोधुहरुले जसरी आफ्नो
ज्यानलाई जोखिममा राखेर
अवसरहरुमा लोभिन्छन
त्यसैगरी राजनीतिक
बोधुहरु साम,दाम,दण्ड,भेद
अपनाएर भएपनी
लोभहरुमा लोभिन्छन।

नगरबोधुहरु सङ्गको
असुरक्षा र असावधानिले
केही सिमित व्यक्तिहरुलाई
यौनरोग लाग्न सक्दछ।
तर राजनैतिक
बोधुहरुको
असुरक्षा र असावधानिले
असीमित व्यक्तिहरुलाई
गम्भीर राष्ट्रघाती हृदयघात हुनसक्छ।
उस्तै परे राष्ट्रलाई
पोलियो पनि हुनसक्छ।

तर हाम्रो अर्धचेत समाज
र राजनीतिक रत्नपार्कका बोधुहरुले
रत्नपार्कका बोधुहरुलाई
जीउ बेचेको आरोप लगाउछन।

श्रीमान,मैले म बाच्न
आफ्नो एक्लो ज्यान बेच्दा
महाकाली सम्झौता भन्दा
ठूलो राष्ट्रघात हुन्छ र ?
के मेरो जवानी र महाकालीको
आयु बराबर होर ?

ज्यान र परिवार पाल्न
शरीर सुम्पिदा म कसरी
वेश्या भए ?
ज्यान र परिवार पाल्न
देशै सुम्पिने
तपाई कसरी नेता हुनु`भो ?

आउनुस् म ज्यान बेच्ने
र तपाई देश बेच्नेको बिच
महाकाली जस्तै एउटा सम्झौता गरौ।
´केही वर्ष रत्नपार्कमा मेरै आधिपत्य
र सम्झौता सकिएपछि
तपाईको…`

रत्नपार्क तपाईको,मेरो वा हाम्रो
कस्को बनाउने ?
सम्झौताको दुई नम्बर बुदामा लेखौ।

कविराज “बेबि