२०८१ बैशाख २३

आधारभुत तहका बालबालिकाहरूकाे लागि प्रतिभा पहिचान कार्यक्रम गाममा सम्पन्न

गाम राेल्पा । सुनछहरी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा पाेबाङ राेल्पाकाे आयाेजनामा आधारभुत तहका बालबालिकाहरूकाे लागि प्रतिभा पहिचान कार्यक्रम जनता माध्यमिक विद्यालय सुनछहरी ३ बाहिरीगाममा राेल्पामा सम्पन्न भएकाे छ । प्रतिभा पहिचान कार्यक्रम अन्तरगत आधारभुत तह (१-३) मा चित्रकला प्रतियाेगिता र आधारभुत तह (४-५)मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएकाे आयाेजकले जानकारी दिएकाे छ ।

सुनछहरी गाउँपालिका वडा नम्बर १ सेरम वडा नम्बर २ भित्रिगाम वडा नम्बर ३ बाहिरी गाम र वडा नम्बर ४ स्यूरीका गरी ३  वडाका १५ वटा विद्यालय सहभागी भएकाे प्रतियोगितामा चित्रकला तर्फ प्रावि दाङ्गाधारा आधारभुत विद्याल सुनछहरी २ गिच्छे भित्रिगामका छात्रा आगिता घर्तीमगर प्रथम सुनछहरी आधारभुत विद्यालय सुनछहरी-४, स्यूरी राेल्पाका सन्ताेष घर्तीमगर द्वितीय जनसेवा माध्यमिक विद्यालय सुनछहरी-१, सेरम राेल्पाका सन्देश रानामगर तृतीय चाैवारी कुइपाधारा आधारभुत विद्यालय सुनछहरी-३, माैलावन राेल्पाका लक्षुमन घर्तीमगरले सान्त्वना स्थान हासिल गरेका छन् भने हाजिरी जवाफ तर्फ सुनछहरी आधारभुत विद्यालय सुनछहरी-४ स्यूरी राेल्पा प्रथम चाैवारी कुइपाधारा आधारभुत विद्यालय सुनछहरी-३,माैलावन द्वितीय सिद्ध आधारभुत विद्यालय सुनछहरी-४,झिन्जा घाेगा तृतीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी-४,स्यूरी राेल्पाले सान्ताेना स्थान हासिल गरेका छन् ।

प्रतियाेगितामा स्थान हासिल गर्ने प्रतियाेगि विद्यालय र विद्यार्थीहरूलाइ आबश्यक पुरूषकार प्रधान गरिएकाे शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख इन्दु भेतवालले जनाए । सुनछहरी गाउँपालिका शिक्षा युव तथा खेलकुद शाखा पाेबाङ राेल्पाका रेग बहादुर पुनमगरका अनुसार यस्तै प्रतिभा पहिचान कार्यक्रम अन्तरगतनै माध्यमिक स्तर (९-१२)का लागि माघ १५ र १६ गते देवि मन्दीर माध्यमिक वद्यालय सुनछहरी-५, पाेबाङ राेल्पामा गजल,एकल गायन,हाजिरी जवाफ र वाद विवाद र बक्तृत्वकला प्रतियाेगिता वडा नम्बर ५ ६ र ७ का विद्यालयहरूका लागि माघ १७ र १८ गते नेपाल राष्ट्रिय आधारभुत विद्यालय सुनछहरी-७, जेल्बाङ राेल्पामा आधारभुत तह (१-३) चित्रकला (१-५) हाजिरि जवाफ प्रतियाेगिता र आधारभुत तह (६-८) का लागि सामुहिक नृत्य,वाद विवाद र बक्तृत्वकला प्रतियाेगिता शाखा आधारभुत विद्यालय सुनछहरी-१,झंकी राेल्पा माघ १९ र २० सम्पन्न हुने कार्यक्रम रहेकाे छ