२०८१ जेष्ठ ६

नेकपा कैलालीका २ जिल्ला नेटा प्रहरी द्वारा गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टी कैलालीका जिल्ला सदस्य धन बहादुर विक र अशोक क्षेत्रीलाई पार्टी कामको सिलसिलामा रहेको बेला साेमबार राति साँढे ९ बजेतिर विनाकारण धनगढीबाट प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी कैलालीका सेक्रेटरी प्रकाश मल्लले एक प्रेस विज्ञप्ति जारी गरि दुवै जनालाई अपहरण शैलीमा गिरफ्तार गरि बेपत्ता पारिएकाे भन्दै निसर्त र ससम्मान रिहाईको माग गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ-‘कथित कम्युनिस्टको खोल ओढेका दलाल केपिबादल कम्पनीको निर्देशनमा अति उत्तेजित भई मानिसको स्वतन्त्रता पुर्वक बाच्न पाउने मौलिकहक र मानव अधिकारका सम्पुर्ण मुल्यमान्यताको धज्जी नउडाउन सुरक्षाकर्मी मित्रहरु लाई सचेत गराउदछौ । राज्यको यस्तो श्वेत आतंकका विरुद्धमा उभिन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौ । कमरेडहरुको रिहाई नगरिए शसक्त प्रतिरोध गर्ने चेतावनी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं ।’

प्रेस विज्ञप्तिकाे –