२०८१ बैशाख २४

गुडिरहेकाे बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु, १ जना घाइते

असार २१, सल्यान । सल्यानमा  गुडिरहेकाे बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका डलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार बिहान करिब १० बजेतिर कपुरकोट गाउँपालिकाको चोरखोलामा करेन्ट लागेको हो । बसमा करेन्ट लागेर रोल्पा गंगादेव ४ का अन्दाजी ७२ वर्षीय कालुराम डाँगी र उनका छोरा अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको मृत्युु भएको छ ।

त्यस्तै बसका साहु सल्यान लान्तीका महेन्द्र ओली गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ । बिजुलीको पोलको सपोर्ङिको लागि जमिनमा गाडिएको सपोर्टिङ तार पहिरोले चुडिएर सडकमा लत्रिएको र त्यसबाट करेन्ट प्रवाह भई गाडीमा करेन्ट लागेको बताइएकाे छ  ।