२०८१ बैशाख २४

नेपाल कम्युनिस्ट पार्टीका सदस्य स्वर्गीय जस्बिर बुढामगरकाे सम्झनामा विभिन्न क्रियाकलाप

नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य स्वर्गीय जस्बिर बुढामगरकाे सम्झनामा विभिन्न क्रियाकलाप सम्पन्न भएकाे छ । सुनछहरी-२,दाङ्गाधारा भित्रिगामका बुढामगरकाे ३५ बर्षकाे अल्पआयुमै उपचारकाे क्रममा भदाै १४ गते चितवनमा मृत्यु भएकाे हाे । उनी जनयुद्धका शहिद परिवार समेत हुन पारवारिक श्राेतका अनुसार उनी मुतुकाे  राेग लागेर उपचाररत थिए । बुढामगरका श्रीमति ३ छाेरी र १ छाेरा छन् ।
उनकाे सम्झनामा फलफुल राेपियाे

नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य स्व: क. जस्बिर बुढामगरकाे स्मरणमा तेस्रो दिन पार्टीको नीति अनुसार त्रि _फल(फल फूल र जडिबुटी) फल -आरु र तिमुर , फूल -गुलाफ र सयपत्री , जडिबुटी -पदम चाल चुल्ठे लगाइक‍ो छ ।फलफुल राेपाई कार्यमा नेकपा केन्द्रीय सदस्य एवं पुर्वी राेल्पाका इन्चार्ज मनिराज सी, पार्टीका जिल्ला सल्लाहकार पत्थर सी अन्य नेता कार्यकर्ता स्थानिय लगायतको सहभागिता रहेकाे थियाे ।

स्वर्गीय जस्बिर बुढामगरकाे श्रद्धाञ्जली सभा 

स्वर्गीय जस्बिर बुढामगरकाे श्रद्धाञ्जली सभा नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य स्व: क. जस्बिर बुढामगरको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सुनछहरी-२,दाङ्गाधारा भित्रिगाम स्थित बुढामगरकै गाउँमा भएकाे श्रद्धान्जलि सभामा नेकपा केन्द्रीय सदस्य एवं पुर्वी राेल्पाका इन्चार्ज मनिराज सी, पार्टीका जिल्ला सल्लाहकार पत्थर सी लगायतले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकत गरेका छन् ।
स्वर्गीय जस्बिर बुढामगरकाे सम्झनामा अक्षयकोष
कम्युनिस्ट पार्टीका पार्टी सदस्य स्व: क. जस्बिर बुढामगरकाे स्मरणमा चौथो दिन पार्टीको नीति र,सी जातिको संस्कार अनुसार अक्षयकोष संकलन गरिएकाे छ अक्षयकोषमा रु .६५ हजार ४ सय पाँच रुपैयाँ संकलन भएको छ। संकलित अक्षयकोष रकम पार्टीका सल्लाहकार पत्थर सीकाे स‌याेजकत्वमा अक्षयकाेष समिति बनाइ गाउँमै लगानि गिरएकाे छ । अक्षयकाेषबाट स‌कलित ब्याज रकमबाट स्वर्गिय जस्बिर बुढामगरका छाेराछाेरीलाइ पढाइ खर्चमा खर्च गर्ने निर्णय गरिएकाे अखिल क्रान्तिकारी सुनछहरीका स‌याेजक मन सी ले जानकारी दिए ।

Exif_JPEG_420