२०८१ जेष्ठ ६

संयुक्त यूवा क्लवको दोस्रो रनिङ शिल्ड अयोजकलाई,२५औँ ऐतिहासीक जनबादी असौजे मेला सम्पन्न

सुनछहरी,रोल्पा–२५औँ ऐतिहासिक जनबादी तमाके मेलाको अबसरमा संयुक्त यूवा क्लव सुनछहरी–३,बाहिरीगाम रोल्पाले अयोजना गरेको दोस्रो रनिङ शिल्ड प्रतियोगितामा ८ गोल्ड मेडल सहित आयोजक  प्रथम भएको छ ।

जम्मा १० वटा गोल्ड मेडल रहेकोमा गणतान्त्रिक तिलाचन यूवा क्लव सुनछहरी–१ घुस्बाङ र विबाङ दह क्लव सुनछहरी–२,भित्रिगामले एक,एक गोल्ड मेडल प्राप्त गर्न सफल भएका छन् ।

रनिङ शिल्डमा आयोजित प्रतियोगिताहरुमा पुरुष भलिबल प्रतियोगिता तर्फ विबाङ दह क्लव भित्रिगाम पहिलो,भुमिस्थान यूवा क्लव सेरम दोस्रो,तमु इकाई समिति छहरेखुुङ तेस्रो,सुनबेशी यूवा क्लव स्यूरी सान्त्वना भएका छन् महिला भलिबल प्रतियोगिता तर्फ आयोजक ए पहिलो,चौतारी यूवा क्लव सेरम दोस्रो,गणतान्त्रीक तिलाचन यूवा क्लव घुस्बाङ तेस्रो,संयूक्त फुलबारी युवा क्लव स्यरी सान्त्वना भएका छन् ।


यसैगरी पुरुष फुटबल प्रतियोगितामा गणतान्त्रीक यूवा क्लव घुस्बाङ पहिलो,विबाङ दह यूवा क्लव दोस्रो,आयोजक तेस्रो र सान्त्वना स्थान हासिल गरेका छन् भने पुरुष ब्याटमिन्टन तर्फ आयोजक ए पहिलो सुनिल स्मृति गाउँपालिका सुलिचौर दोस्रो,आयोजक सि तेस्रो भएका छन् ।


लोक तथा दोहोरी गित प्रतियोगितामा आयोजक ए पहिलो,आयोजक सि दोस्रो विबाङ दह क्लव तेस्रो भएका छन् एकल नृत्य प्रतियोगितामा जुनमायाँ घर्तीमगर पहिलो,अस्मिता बुढामगर दोस्रो,चन्द्रा घर्तीमगर तेस्रो,झरणा बुढामगर सान्त्वना भएका छन् यस्तै सामुहिक नृत्य प्रतियोगितामा आयोजक पहिलो संयूक्त सुनछहरी यूवा क्लव स्यूरी दोस्रो,विबाङ दह क्लव तेस्रो,आयोजक बि सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् भने बुद्धीचाल प्रतियोगितामा बागविर घर्तीमगर पहिलो हिक्मत वि.क. दोस्रो,ओम बहादुर बुढा तेस्रो,मन बहादुर घर्ती सान्त्वना भएको आयोजकले जानकारी दिएको छ ।
असोज २२ गते देखी शुरु भएको रनिङ शिल्ड २८ गते समापन गरीएको हो ।