२०८१ जेष्ठ ६

आई. एन.एफ.नेपालको ६७ औं वार्षिक उत्सव

पाेबाङ,१ मंसिर । आई. एन. एफ. नेपालको ६७ औं वार्षिक उत्सव कार्यक्रम सुनछहरी गाउपालिका-५ पोबाङ रोल्पामा सम्पन्न भएको छ।आई. एन. एफ. रोल्पाका कार्यक्रम अधिकृत अर्जुन काप्रीको सभापतित्वमा भएको कार्यक्रममा सुनछ्हरी गाउपालिका पोबाङका प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रमको उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथि पुनले भन्नू भयो- आई. एन. एफ.नेपाल सुनछहरी गाउपालिका सङ्ग समन्वय र सहकार्य गरि अगाडि बढिरहेको अवस्थामा अझै सुनछहरी गाउपालिकामा यो संस्था आवश्यकता रहेकोले अझै सुनछहरी गाउपालिकामा रहेर यहाको सामुदायिक बिकास,स्वास्थ क्षेत्रमा निरन्तर लागि रहन आई. एन. एफ रोल्पा लाई आग्रह गर्नु भयो।साथै आई. एन. एफ नेपाल ६७ औं वर्ष पुगेको अवसरमा संस्थाको थप बिकास हुँदै संस्थाले नयाँ नयाँ कार्यक्रम लिएर दुर्गम गाउँ बस्तीहरु लाई समृद्धि तर्फ लैजान अनुरोध गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो।कार्यक्रममा सुनछहरी गाउपालिका वडा नम्बर एकका अध्यक्ष महाबिर रानामगर,सुनछहरी गाउपालिका बिषयगत शाखाका प्रमुखहरु,ईलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज मोहमद रदिप अलि अन्सारी,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सचिव खिम सागर बिष्ट ,देवि मन्दिर मा. बि पोबाङका प्रधानाध्यापक बिष्णु प्रसाद खनाल,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो भने आई. एन. एफ रोल्पाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न अन्तर कर्मचारी खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो।जसमा ५०० मिटर पुरुष दौड प्रतियोगितामा प्रथम आई. एन. एफका सामुदायिक परिचालक बेलमन घर्ती,दोस्रो आई . एन. एफका तिम लिडर रुप बहादुर शाही,तेस्रो आई. एन. एफका सब इन्जिनियर तेक बहादुर डागी,महिला दौड प्रतियोगितामा प्रथम आई. एन . एफ सामाजिक परिचालक मनिसरा घर्ती,दोस्रो आई. एन. एफका सामाजिक परिचालक पिपला घर्ती,तेस्रो आई. एन. एफका तिम लिडर सलिना बुढा साथै बेलून फुताई प्रतियोगितामा प्रथम आई. एन. एफका सामाजिक परिचालक बेलमन घर्ती,दोस्रो आई. एन . एफका तिम लिडर रुप बहादुर शाही,तेस्रो आई एन. एफका सामाजिक परिचालक दिपा बुढाले स्थान हासिल गरेका छन्।सो कार्यक्रममा रसाक्ससी प्रतियोगिता,बदि साईज प्रतियोगिता,पानी भर्ने प्रतियोगिता लगाएतका प्रतियोगिताहरु समेत समाबेश गरीएकाे अायाेजकले बताएकाे छ । भएको छ। विजयि प्रतियाेगिहरूलाइ कार्यक्रम अधिकृत अर्जुन काप्रीले पुरूषकार वितरण गर्नु भएको थियो।