२०८१ जेष्ठ ५

रोल्पा नगरले दियो गार्डेन प्रबेशमा विशेष छुट

हर्क घर्तीमगर÷ २ असोज,रोल्पा ।
रोल्पा नगरपालिकाले नगरपालिकाको सातदोवाटोमा निर्माण गरेको ढुङ्गे बगैचा अबलोकन गर्न जानेहरुका लागि संविधान दिवसको अबसरमा विशेष छुट दिने निर्णय गरेको छ ।
संविधान दिवसको अवसरमा मिति २०७६ असोज २ गते देखि ४ गतेसम्म ३ दिनका लागि यो व्यवस्था गरीएको नगरपालिकाले जनाएको छ ।
उक्त बगैचामा प्रबेशका लागि तिस रुपैयाँ शुल्क लिइदै आएकोमा यस अवसरमा मात्र दश रुपैयाँमा प्रबेश पाइने छ ।
रोेल्पा नगरपालिका २ खुमेल सातदोवाटोमा रहेको रक गार्डेन(ढुङ्गे बगैचा) नगरपालिका र वनकार्यालय रोल्पाको संयुक्त लगानीमा निर्माण गरीएको हो । यसका साथै नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागि सातदोवाटोमै नेपालकै अग्लो भ्यू टावर समेत निर्माण गरीरहेको छ ।