२०८१ जेष्ठ ६

“देश निर्माणमा रोल्पा र रोल्पालीको भूमिका महत्वपूर्ण छ” मन्त्री बरालमगर

राेल्पा । प्रदेश नं. ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालमगरले नेपालमा चलेकाे १० बर्षे जनयुद्धमा आफ्नो जीवन बलिदान गर्ने नेपबहादुर केसी परिवर्तन लागायत देश र जनताको लागि जीवन आहुति दिने तमाम शहीदको बलिदानबाट मात्रै आजको उपलब्धि प्राप्त भएकाे बताउनुभएकाे छ ।
यस्तो विचार उहाले  “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराकासाथ  नेपाल मार्शल आर्टस हाप्किडो संघको सहयोगार्थ रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा शुक्रबार देखी शुरू भएकाे  सहिद स्मृति मार्शल आर्टस हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता–२०७६ काे उत्घाटनका बेला व्यक्त गर्नुभएकाे हाे ।

परिवर्तन गाउँपालिका केन्द्र पुत्लाचौरमा चल्ने साे प्रतियाेगिताकाे मुख्य प्रायाेजन परिवर्तन गाउँपालिकाले गरेकाे आयाेजकले बताएकाे छ ।यस्तै अर्काे प्रसङगमा मन्त्री बरालले  समग्र देश निर्माणमा अहम भूमिका खेलेको बताउँदै रोल्पा जिल्ला र रोल्पाबासी सबै गौरवको विषय भएको बताउनुभयो । साथै नेपाली राजनीतिक क्रान्तिले नयाँ मोड लिनुमा रोल्पाकाे लगानी  अमुल्य रहेकाे विचार व्यक्त गर्नुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगरले खेलाडिहरुको विकासका लागि सरकार निरन्तर लागेको बताउनुभयो । उहाँले देशैभरीको खेलाडिहरुको आगमनले रोल्पा जिल्लाको प्रचार भएको बताउदै   स्थानीय सरकारले गरेको योगदानप्रति सम्मान व्यक्त  गर्नुभयो ।


यस्तै अर्का विशिष्ट अतिथि परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले देशैभरीमा खेलाडीको आमगनले परिवर्तन गाउँपालिकालाई नयाँ उचाईमा उठाउन सफल भएको बताउँदै  यस्ता खालका कार्यक्रमलाई निरन्तर दिन सक्नु राम्राे हुने बताउनु भयाे ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, राष्ट्रिय खेलकुद परिषद्का कानून विभाग प्रमुख नारायण अर्याल, परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी रोाकामगर, जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख कर्णबहादुर बुढामगर, राष्ट्रिय अनुसन्धान अधिकृत लक्ष्मण चौधरी, प्रमुख प्रशासकीय अधिकृति नन्दराम परियार, परिवर्तन गाउँपलिका वडा नं. १ का अध्यक्ष हरीप्रसाद बुढामगर, जिल्ला खेलकुद विकास समितिका संस्थापक अध्यक्ष कृष्णबहादुर घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी रोल्पाका प्रतिनिधि लोकेन्द्र घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका झग्गु प्रसाद घर्तीमगर, गुल्मी जिल्ला मुसिकोट नगर प्रमुख खुमबहादुर थापा, कराँते संघ रोल्पाका अध्यक्ष मोलङ घर्तीमगर, जिल्ला खेदकुद विकास समिति रोल्पाका कैलाश रोका, वरिष्ठ खेलाडी एलवी शाही लगायतको आतिथथ्यता रहेको थियो ।

राष्ट्रिय प्रतियाेगिता कार्यक्रमका संयोजक यमुना घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चिजबहादुर विश्वकर्माले गरेका थिए ।  कार्यक्रममा सातै प्रदेशबाट खेलाडीहरूकाे सहभागिता रहेकाे छ ।  स्थानिय आमा समूह, युवा समूह, विभिन्न झाँकी समूहले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए । राेल्पामा याे प्रतियोगिता पहिलो पटक आयोजना गरीएकाे हाे  । आयाेजककाे तर्फबाट परिर्वन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीलाई मानार्थ विशिष्ट सम्मान  गरिएको थियो ।