२०८१ जेष्ठ ६

प्रेस काउन्सिलका सदस्यकै पत्रिका हुवहु, दबाबपछि राखियो क श्रेणीमा

धरान, ३ कात्तिक । प्रेस काउन्सिलका स्वघोषित कावा अध्यक्ष किशोर श्रेष्ठ सहितका सदस्यहरुद्धारा सञ्चालित पत्रिका हुवहुमा परेपनि शक्तिको आडमा फेरि क श्रेणीमा राखिएको छ । अघिल्लो आर्थिक बर्षमा काठमाडौँबाट प्रकाशित ठूला दैनिक क मा र जनआस्था साप्ताहिक क प्लस वर्गमा परिएको थियो । अघिल्लो आर्थिक बर्षको पत्रपत्रिका वर्गीकरणको आलोचना भएको थियो ।

सरकारले पत्रपत्रिकाको बार्षिकरुपमा वर्गिकरण गर्न प्रेस काउन्सिल नेपालको मातामतमा रहने गरी वितरण तथा सम्परीक्षण समिति (एबीसी ) गठन गर्ने गरेको छ । सरकारले गठन गर्ने समिति स्वतन्त्र भनिएपनि काउन्सिलकै प्रभावमा काम हुने गरेको छ । सो समितिले काउन्सिलका स्वघोषित कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको जनआसथा पत्रिका, काउन्सिलकै सदस्य खिलबहादुर भण्डारीको समावेसी मासिक र अर्का सदस्य गोपाल बुढाथोकीको साँघु साप्ताहिक पत्रिकाका कतिपय समाचारहरु अन्य पत्रिकाबाट सारिएको (हुवहु) पाएपनि उनीहरुले एवीसीको बैठकमै गएर दवाव दिएर आफ्ना पत्रिकालाई क वर्गमा पारेर सञ्चार मन्त्रालयमा सिफारिस गराएका छन् । एवीसीले बिहीबार आफ्नो प्रतिवेदन सञ्चार मन्त्रालयलाई बुझाएको छ ।

समितिमा प्रेस रजिष्ट्रार(सूचना विभागका महानिर्देशक) अध्यक्ष, सञ्चार मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, प्रेस काउन्सिलले तोकेका प्रतिनिधि, चार्टर एकाउण्टेण्ड संघका प्रतिनिधि, विज्ञापन एजेञ्सी संघका प्रतिनिधि र प्रेस काउन्सिलनका एक जना अधिकृत सदस्य रहेका छन् । समितिमा विभिन्न क्षेत्रका मानिसहरु भएपनि काउन्सिलबाट जाने प्रतिनिधि र अधिकृतको बोलवाला हुने गरेको छ । उनीहरुले जे भन्यो समितिले यस अघि त्यसैगरी गर्ने गरेको थियो । तर, यस पटक भने समितिका केहि सदस्यले सक्रियता देखाएर निष्पक्ष छानविन र अध्यायन गरेपछि काउन्सिलबाट प्रतिनिधित्व गर्ने सदस्य बैठकलाई अवरुद्ध गरी समितिनै विगठन गर्नेसम्मको धम्की दिएपछि जनआस्था, साघुँ र समावेसीलाई क वर्गमा पारेर मन्त्रालयमा प्रतिवेदन पठाएका छन् ।

समितिले जनआस्था साप्ताहिकमा १७ वटा समाचार हुवहु आएको, साँघु साप्ताहिकको १२ वटा लेखलाई अर्को पटक सम्पादकीयमा छापेको र समावेसी मासिकमा रातो पाटी, अन्नपूर्णपोष्ट र थाहा खबर अनलाइन पत्रिकाबाट हुबहु सारिएको रिपोर्ट तयार पारेको थियो ।

हुवहुमा परेका सबै पत्रिकालाई काउन्सिलका तर्फबाट पत्राचार गरिएको र अधिकांश पत्रिकाले जवाफ नदिएको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषालले फास्टलाई बिहीबार बेलुका ६.५३ बजे टेलिफोनमा बताए । सो बिषयमा फास्टले भुषालसँग प्रतिक्रिया मागेको थियो । भुषाल काउन्सिलको कर्मचारीका तर्फबाट समितिमा प्रतिनिधिनि हुन् । उनले किशोर श्रेष्ठको जनआस्था पत्रिकाले हुवहु समचार छापेको बिषयमा एउटा प्रमाण फेला पारेको स्वीकार ।

फास्टलाई प्राप्त सूचना अनुसार जनआस्था पत्रिकाको १७ वटा समाचार हुवहु परेको फेला पारेको थियो । सो बिषयमा बुझ्दा अधिकृत भुषालले अरुचाहि मलाइ थाहा भएन एउटाचाचि हुवहु छ भन्ने कुरा आयो भने । ती पत्रिका पनि हुवहुमा राख्नु पर्दछ भनेर प्रतिवेदन तयार गर्ने समितिका अन्य सदस्यलाई काउन्सिल सदस्यले दबाब दिएर आफ्ना पत्रिकालाई हुवहुबाट हटाउन लगाएका थिए ।

पत्रकारिताको पृष्ठभूमीबाट आएका सदस्यहरु पत्रकारसँग धेरै गलफत्ती नगरौं भन्दै उनिहरुको पत्रिकालाई पनि क वर्गमा राखेर बनाइएको प्रतिवेदनमा हस्ताक्षर गर्न वाध्य भएको एक सदस्यसंग सम्बद्ध समाचार स्रोतले बतायो । अब आफूहरु यस्तो दवावमा काम गर्नु पर्ने समितिमा कहिल्यै नबस्ने पनि ती सदस्यले भनेर उठेको स्रोतले जनाएको छ ।

काउन्सिलका प्रमुख अधिकृत भुषालले पनि ४ सय ८४ पत्रिकाका समाचार, सम्पादकीय र लेखहरु हुवहु भएको भेटेपछि ती सबै पत्रिकालाई सो बिषयमा जवाफ माग्दा ३ प्रतिशत पत्रिकाहरुले मात्र गल्ती भएको र अब त्यस्तो नहुने भन्दै जवाफ पठाएको जानकारी गराए ।

काउन्सिलका स्वघोष्ति अध्यक्ष श्रेष्ठको पत्रिकाले रोडम्याप पत्रिकाको समाचार सारेर आफ्नो पत्रिकामा छापेको कुरा त यस अघि नै सो पत्रिका सहितका सञ्चार संस्थाहरुले सार्वजनिक गरिसकेका थिए । धरानबाट प्रकाशित फाष्ट टाइम्स दैनिकबाट ।