२०८१ जेष्ठ ६

सुनबेशि युवा समुहकाे बार्षिक उत्सव शुरू

हर्क घर्तीमगर,राेल्पा । सुनबेशि युवा समुह सुनछहरी-४,स्यूरी राेल्पाकाे ५अाैं बार्षिक उत्सव शुरू भएकाे छ ।
विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित ४ दिन सम्म चल्ने बार्षिक उत्सवकाेे उत्घाटन सुनछहरी गाउँँपालिकाका सदस्य एवं ४ नं. वडा अध्यक्ष खड्क बहादुर घर्तीमगरले गर्नुभएकाे हाे ।


खुल्ला पुरूष तथा महिला भलिबल,लाेक तथा दाेहाेरि गित,सामुहिक नृत्य,एकल नृत्य,हाजिरि जवाफ,दाैड,भाले पकड लगायत प्रतियाेगिताकाे अायाेजना गरिएकाे बार्षिक उत्सवमा पुरूष भलिबल तर्फ २८ टिमकाे सहभागिता रहेकाे अायाेजकले जानकारि दिएकाे छ ।
२०६७ सालमा गठन गरिएकाे युवा समुहले विविध सास्कृतिक चेतनामुलक एवं खेलकुद कार्यक्रमहरू गर्दै अाएकाे छ ।