२०८१ जेष्ठ ६

आज पनि एउटै जिल्लामा ६५ जना कोरोना संक्रमित भेटिए (हेर्नुहोस् जिल्लासहितको विवरण)

काठमाडौं, २२ जेष्ठ । भर्खरै प्राप्त जानकारी अनुसार आज बिहीबार रौतहटमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक­­÷एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कूल ६५ जनामा संक्रमण पुष्टि भएको हो । यसको थप पुष्टि अब केही बेरमा स्वास्थ्य मन्त्रालयले केही बेरमा गर्नेछ ।
बिहानै गण्डकी प्रदेशबाट शुरु भएको भाइरस पुष्टिको नतिजा प्रदेश २ मा आएर ह्वात्तै बढेको देखियो । यसरी आकलन गर्दा आज झनै धेरै कोरोना भाइरसको संक्रमित हुने संकेत देखिएको छ ।