२०८१ बैशाख २३

नेपालमा भारतीय च्यानलहरुको प्रसारण बन्द, यस्तो छ कारण

काठमाडौं, २५ असार । नेपालमा अब भारतीय च्यानलहरुको प्रसारण बन्द भएका छन् । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले सार्वजनिक गरेका छन् । उनका अनुसार भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा प्रसारण रोक लगाइएको छ ।
भारतीय न्यूज च्यानलहरु रोकिए तापनि इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म मल्टी सिस्टम अपरेटर (एमएसओ)ले भारतीय च्यानलको प्रसारण रोक्न नसक्ने बताएको छ ।
डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामूहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।