२०८१ जेष्ठ ५

पंक्तीकारको कल्पनामा कोठीभिर गुरुयोजना

२५ साउन,राेल्पा । तिनकोठिभिर रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकामा गाममा पर्ने एक पर्यटकीय गन्तव्य हो। तिनकोठि भिर भन्नाले यहाँ ३ वटा अग्ला डाँडाका चुचुराहरू छन जुन ३ वटा चुचुरालाई पनि फरक फरक नामले चिनिन्छ जेठा कोठि माइला कोठि र कान्छा कोठि उक्त ३ वटा कोठि मध्य यहाँ सबै भन्दा अग्लो अर्थात जेठा कोठिको बारेमा यहाँ चर्चा गरौ यो समुन्द्री सतह देखि ३ हजार ६५४ मिटर अग्लो भागमा अबस्थित भूभाग हो । यसको टाकुरा रोल्पा,प्यूठान र बाग्लुङ ३ जिल्लाको संगम स्थल समेत हो । यहाँ ३ वटै विल्लाको बाटो भएर पुग्न सकिन्छ । धेरै उचाइमा भएकोले यहा कुनैपनी किसिमका रूख बिरुवा पाइदैन । यहाँ पुग्ने बेलामा बाटोमा पाइने वनजंगल हावापानी, लालिगुराँसको फुल भौगोलिक बनोट यहाँको मुख्य आकर्षण हुन । यहाँबाट नेपालका उत्तर तर्फका सम्पुर्ण हिम शृङ्खला र दक्षिण तर्फ भारतसम्मको भुवाग अवलोकन गर्न सकिन्छ । पूर्वमा घाम उदाएको पहिलो दृश्य देख्न सकिन्छ भने पश्चिमका थुप्रै भागको दृशयावलोकन गर्न सकिन्छ । रोल्पा र प्यूठानबाट यस क्षेत्र हुँदै ढोरपाटन सम्मको ट्रेकिङ रुटको विकास गर्न सकिने सम्भावना रहेको छ । जेठाकोठि नेपालको हजारौं डाँडामा एक पहिचान र बिशेश महत्व बोकेको डाँडा हो । यस हिसाबले पर्यटन प्रबर्द्धनका लागि प्रशस्तै सम्भावना बोकेको सुन्दर प्राकृतिक डाँडा आर्थिक बिकासको प्रमुख आधार हो । पर्यटन बिकासले बिदेशी मुद्रा आर्जन,आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक बिकास र समुन्नतिमा टेवा पु¥याउनुका साथै सदियौ देखि पिछडिएको रोल्पाको गाम जस्तो विकट ठाउँमा पर्यटकको चहलपहल ल्याउनेछ । रोल्पामा रहेका सम्पुर्ण मुर्त र अमुर्त क्षेत्रको संरक्षण र विकास गरि तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई समग्र सुनछहरी गाउँपालिका को आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म बिकास र बिस्तार गरि यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पु¥याउन,पर्यटन क्षेत्रको विकास र प्रबर्द्धन गर्दै यसको आर्थिक उपयोग एवम् पर्यटनको मुख्य गन्तव्यको रुपमा विकास गर्न आवश्यक भएको छ ।
त्यसैले कोठिभिरको प्रबर्द्धनका लागि गर्नुपर्ने मुख्य कुराहरू बुदागत रुपमा चर्चा गराै


उदेश्य 
“उदेश्य के लिनु उडि छुनु चन्द्र एक” ब्यक्ति समाजले सपना देख्नुपर्छ उदेश्य लिनुपर्छ तर हाम्रो उदेश्य अल्पकालीन छिटफुट टुक्रे योजना हो या दीर्घकालीन योजना के हो प्रष्ट हुनुपर्छ दीर्घकालीन ठुलो योजना हाम्रो आजको आवश्यकता हो यसले नै हाम्रो भाग्य र भविष्य कोर्नेछ । कुनैपनि मेगा प्रोजेक्ट एक्लो प्रयासले सम्भव हुदैन र उदेश्य प्राप्तिका लागि पनि एक हुन जरुरी छ, यसका लागि सबैको सहयोग र साथ चाहिन्छ त्यसैले सकेसम्म सबै ब्यक्ति र दलहरूलाई समेट्ने कोशिश गर्नुपर्छ । व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठि हामीले काम गर्नुपर्छ । हाम्रो स्वार्थका लागि योजनालाई मुर्तरुप दिनका लागि त्यस्ता व्यक्तिको पनि खोजी गर्नुपर्छ ताकि आगामी दिनमा राज्यको नजर जाओस् लगानी आओस्  साथै सरकारी योजनामा छनौट हुन सकोस् ।
लगानी सम्मेलन
वास्तवमा भन्ने हो भने आजका दिनमा रमझम रमाइलो भनेको बजारक्षेत्रलाई चाहिएको छ त्यसको रिहलसन गरि रोल्पा महोत्सब गर्न जरुरी छ ता कि त्यहाँका बजार ब्यबसाय,कला संस्कृति ले थोर बहुत केहि सिक्न मद्दत पुगोस् । कोठिभिरलाइ वर्तमान अबस्थामा चाहिएको लगानी सम्मेलन हो किन कि हामीले यहाँ भएको डाँडा(टाकुरा)पर्यटकलाई भन्दा पहिला लगानी कर्तालाई देखाउनु आवश्यक छ र लगानीको लागि आह्वान गर्न जरुरी छ । यसको लागि स्थानीय लगानीकर्ता साथै लगानीका लागि हातमा पैसा लिएर भौतारिरहेका र लगानीको अबसर खोजीरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई भित्र्याउनु हाम्रो एकमात्र उदेश्य हुनुपर्दछ ।


लगानी र प्रतिफलको ग्यारेन्टी
कुनै पनि ब्यक्तिले लगानीको प्रतिफलको ग्यारेन्टी नहुदासम्म लगानी गर्दैन र सरकारले पनी दीर्घकालीन नहुदासम्म लगानि गर्दैन त्यसैले लगानी कर्तालाई विश्वास दिलाएर लगानी भित्र्याउन सक्नु नै आजको प्रमुख चुनौती हो । यसका लागि गर्नुुपर्ने पहिलो कुरा हामीले लगानीकर्ता लाई विश्वस्त पार्नुपर्छ यो यो कारणले (मैले लेखेका तपाईले देखेका सबै कुराले)गर्दा तपाईंले लगानी गर्न उपयुक्त छ यदि क्षति भएको खण्डमा हामीले केहि हिस्सा व्यहोर्न तयार छौ । यसका लागि हामी कानुनमा हदैसम्मको लचिलो हुनसक्छौ,अन्य पुर्वाधार जस्तै यातायात,पानी,बिजुली र सुरक्षा हाम्रो जिम्मा लिनुपर्छ र जग्गा भोकचलन स्वामित्व निजी कम्पनीलाई बुट प्रणाली अनुसार निश्चित समय तोकेर या भाडामा वा केहि बर्ष सित्तैमा लगानीकर्ताको रोजाइमा दिनसकिन्छ भन्नुपर्छ । यसकालागि हामीले दीर्घकालीन सोच राखी पुरै खालि जग्गा हस्तान्तरण गर्नुपर्छ ताकि उसले आफ्नो अनुकुलतामा कलात्मक रुपमा ढाल्न सकोस् ।
भौतिक पुर्वाधार
नाङ्गो डाँडामा पर्यटन प्रबर्द्धनको मुख्य मेरुदण्ड भनेको भौतिक पुर्वाधार नै हो भौतिक पुर्वाधार विनाको ठाउँमा आउने पर्यटक क्षणिक अल्पकालीन अव्यवस्थित हुन्छ,आउछन् जान्छन् र कसैलाई थाहा पनि हुदैन हामीलाई त्यस्तो फिरन्ते पर्यटक होइन दिगो खर्चालु महिनौंसम्म बस्ने पर्यटकको आजको आवश्यकता हो यसकालागि लगानी कर्ताले गर्नुपर्ने कुरा होटल बगैंचा सुइमिङपुल खेलमैदान आदि संरचना निर्माण गर्दा हामी कुनैपनि उत्कृष्ट भौतिक पुर्वाधार मोडेलमा जान सक्छौ । दोस्रो कुरा पर्यटकलाई टिकाइराख्नका लागि टमाके(२०५२ फागुन २२ गते भिडन्त र पछि शाहिसेनाको अस्थाइ क्याम्पमा माओवादी सेनाको आक्रमण) कोठिभिर गाुम(बिवाङदह ट्रेकिङ रुट साथै अन्य पहिचान गरि ट्रेकिङ रुटहरुको निर्माण आवश्यक छ,धेरैजसो पर्यटक ट्रेकिङका लागि नेपाल आउने गर्छन् । स्वच्छ सान्त वातावरण र दृश्य अवलोकनका लागि उपयुक्त संरचना निर्माण,हिल पार्क आदिको आवस्यक छ । प्याराग्लाईडिगं संचालनका लागि आवश्यक सामाग्री देखि सबै प्याकेजमा आवश्यकता छ । सुलिचौर देखि गामसम्मको रुट जति सक्दो छिटो राम्रो कालोपत्रे बनाउन जरुरी छ ।


प्रचारप्रसार
यति सबै गरिसकेपछि सबैभन्दा महत्वपूर्ण काम भनेको प्रचारप्रसार हो ,कुनैपनि पर्यटकको ध्यान खिचेर डाँडासम्म ल्याइ पु¥याउनु चानचुने काम होइन त्यसैले पर्यटन प्रबर्द्धनमा हामीले लगानीकर्ताले ध्यान दिन जरुरी छ । आजको जमानामा इन्टरनेटमा सबैको पहुँच छ त्यसको हामीले भरपुर उपयोग गर्नुपर्छ र खर्च पनि गर्नुपर्छ नत्र हाम्रो योजना असफल हुन सक्छ । प्रचारप्रसार नै त हो पोखरा हिडेका यात्री बन्दीपुर मोडीयका ,सुचनाको असर र तागतले जस्लाई जहा पनि पु¥याउन सक्छ,अनि हाम्रो प्रचारप्रसारले कसो नमोडियलान प्यूठानको स्वर्गद्वारीसम्म आएर फर्किने आन्तरिक र बिदेशी पर्यटक हाम्रो रोल्पा तिर ।

पर्यटकको स्रोत
पर्यटकको पहिलो स्रोत छिमेकि जिल्ला प्यूठान स्वर्गद्वारी आउने आन्तरिक र विदेशी दुबै हुनेछन् यसका साथै सदरमुखाम लिबाङ र जलजला क्षेत्र तथा रोल्पाको युद्धपर्यटनमा आउने पर्यटक हुने छन् बिशेश गरि आन्तरिक पर्यटकमा दाङ रोल्पा बुटवल नेपालगन्जका हुनेछन् र ती आजको ब्यस्त जिन्दगीमा केही दिन हप्ता आरामको खोजीमा आनन्दको खोजीमा ३६५४ मिटर उचाइमा लाली गुराँसले भरिपूर्ण भएको मनमोक दृश्य अवलोकन तथा ट्रेकिङको मज्जा लिनेछन् । मात्र प्रचारप्रसारको कमि हुनुभएन । दाङ र नेपालगन्जबाट आउने आन्तरिक पर्यटकको लागि घोराहि होलेरि स्वर्गद्वारी भिगृको बाटोलाई स्तरीय बनाई संचालनमा ल्याउनुपर्छ । आउने दोस्रो पर्यटकको स्रोत छिमेकी देश भारतीय हुनेछन् । बिशेश गरि चर्चित स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका पर्यटक हुनेछन् ,दर्शन गर्न भारतीय पर्यटक बर्षमा लाखौं आउने तथ्यांक छ । लाखौमा सबै गरिब र एउटैमात्र ट्रान्जीट बनाएर त लामो यात्रा पक्कै गरेका हुदैनन् । तिनै लाखौमा केही प्रतिशत यात्री मात्र तान्न सकियो भनेपनि बर्षमा बीसौं हजार हुने रैछ बर्षमा बीस हजार भनेको महिनामा १७ र १८ सय हुनु हो । हामीले महिनाभरी भारतीय पर्यटक मात्र रोल्पा आवातजावत गरायौं भने हाम्रो पर्यटन व्यवसायले धेरै फड्को मार्ने छ,अझ त्यसमा आन्तरिक पर्यटकको हिसाबकिताब त बाँकी नै छ ।

लेखक नेपाल पत्रकार महासंघ रोल्पाका सह–सचिव हुन ।