२०८१ जेष्ठ ६

भारतीय मिडियालाई कडा चुनौती !

कोरोना भाइरसबाट संक्रमीत व्यक्तिहरुलाई भारतमा पठाएर षडयन्त्र गरेको भन्दै भारतीय संचार माध्यममा प्रशारीत समाचार प्रति पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया अन्सारीले गम्भिर आपत्ती र भर्त्सना जनाउनु भएको छ।उहाँले भारतीय सरकारको स्थानीय अड्डाको हवाला दिएर आफू बिरुद्ध प्रशारीत समाचार पुष्टि गर्न चुनौती दिनु भएको छ।

कोरोना भाइरसवाट संक्रमीत बनाएर मैले ४०/५० जना मान्छे भारत पठाउने कुरा आजको युगमा सभ्य र शिक्षित समाजले पत्याउने कुरा नभएको उहाँले बताउनु भयो।कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि नेपाल र भारत दुशै देशमा लकडाउन घोषीत छ।दुबै देशका नागरिक जो जहाँ छ उसलाई त्यही देशमा क्वारेन्टाइनमा राख्ने सरकार प्रमुख बिचको सहमती भएपनि भारत तर्फबाट लकडाउनको समयमा लुकीछिपी नेपाल प्रवेश गर्नेहरुलाई पहिचान गरिए जति सबैलाई क्वारेन्टाइनमा राखिएको छ।ज्यानकै डरले हो अढाइ हप्ता दिन देखी घरबाट बाहिर मान्छेहरु निस्केका छैनन।

भारतीय मिडियाहरु अन्य देशको सहिष्णुता र राष्ट्रियताको खिल्ली उडाइ त्यो देशमा अस्थिरता र अशान्ति बनाउनमा माहिर देखिन्छन्।केही हप्ता अघि पनि कोरोना भाइरस चाइनाले बनाएर कर्पोरेट वार गरेको भन्ने खबर भारतीय मिडियाहरुले यसैगरी प्रशारण नगरेका होइनन्।तर त्यस्को पुष्टि अहिलेसम्म कसैले गर्न सकेका छैनन्।अहिले कोरोना संक्रमित व्यक्तिहरु नेपाल बाट भारत पठाएको भनेर भारतीय मिडियाहरुले भ्रमित प्रशारण गरेपछि नेपालमा यो झुठो समाचारको मुस्लिम र गैरमुस्लिम दुबै समुदाय बाट व्यापक बिरो भइरहेको छ।

भारतको बिहारमा ६० जना कोरोना भाइरसका संक्रमीतहरुको पहिचान भएको छ।त्यस मध्ये जगरनाथपुर गाउँपालिकाको आसपासमा रहेका पूर्वी चम्पारण पश्चिमी चम्पारणको मोतीहारी, बेतिया, नरकटीयागन्ज बगहा लगायतका क्षेत्रमा कोरोना संक्रमीतहरु फेला परेका छैनन।लकडाउनमा सवारी साधन चलेका छैनन। यस्तोमा बेतिया जिल्ला पदाधिकारीको सूचनालाई सत्य मान्ने हो भने त्यसको पुष्टिको आधार देखिदैन। त्यसकारण पनि त्यो सूचनामै खोट रहेको देखिन्छ ।यद्यपि मियाले संकलीत सूचना र प्रशारीत समचार पुष्टि गर्न चुनौती नै दिनु भएको छ ।

कोरोना भाइरसको संक्रमण भएपनि मान्छे संक्रमण फैलाउन कुद्छ कि उसलाई उपचारको आवश्यकता पर्छ ? भाइरसको संक्रमणले ग्रसित कतिपय ब्यक्तिहरुले सामाजिक संजालमा दिएका सन्देशलाई आधार मान्ने हो भने संक्रमीतहरुको दम बढ्छ, कमजोरी हुन्छ रुघाखोकी लाग्छ बोल्न समेत गार्हो हुने गर्दछ।यस्तो शारिरिक अवस्था बोकेर मान्छे संक्रमण फैलाउदै हिड्न सक्छ ?

यो तुच्छ खालको हर्कत हो । यसमा सत्यता छैन यो भ्रम हो मेरा बिरुद्धको षडयन्त्र हो । सीमा जोडिएको भारतीय गाउँ र शहरसंग हाम्रो पनि रोटी बेटीको नाता छ।जनस्तरमा हाम्रो मित्रतापूर्ण ब्यवहार छ।यो सम्बन्धलाई सम्मान गर्ने जालिम मिया बिरुद्धको षडयन्त्र धेरै दिन नटिक्ने उहाँको भनाई छ।उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारप्रति प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई जानकारी गराइसकेको भन्दै उहाँले वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा यसबारे लिखित पत्राचार गरेको जानकारी दिनु भयो।

अहिले विश्व नै कोरोनाको संक्रमणबाट कसरी जोगिने भनेर लागिरहेका बेला आफूले फैलाउने भन्ने बारे सोच्न पनि नसकिने भन्दै उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रशारण गर्ने भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न महावाणिज्य दूतावासमार्फत माग गर्ने पनि बताउनुभयो।भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारी विश्वास भाजनले आफू मातहत रहेका प्रहरीलाई पठाएको गोप्य पत्रमा ४०र/५० जना कोरोनाका संकास्पद बिरामी मियाँले भारत पठाएको दावी गरिएको छ।यसरी पठाइएको पत्रमा जिल्ला पदाधिकारी कार्यालयको छाप भने देखिदैन । साथै पत्रमा सीमामा सतर्कता बढाउन र कुनै पनि प्रकारको संदिग्ध गतिविधि गर्न नदिन पनि प्रहरीलाई निर्देशन दिइएको छ।