२०८१ बैशाख २३

सुनछहरीका लघुउद्यमिहरूलाइ बजारीकरण तथा वित्तिय परामर्श तालिम

पाेबाङ,राेल्पा । सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगरले सबै नागरिकहरू अनिबार्य उद्यमशिल हुनुपर्ने बताएका छन् सुनछहरी गाउँपालिका उद्यम विकास शाखा (मेड्पा)द्वारा प्रबर्द्धित उलुउद्यमिहरूका लागि १ दिने बस्तु प्रचार-प्रसार बजारिकरण एवं वित्तिय परामर्श तालिम कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन् अर्काे प्रसङ्गमा अध्यक्ष पुनले भने “उद्यमिहरू उत्पादन क्षेत्रमा विशेष जाेड दिनुस उत्पादित बस्तुकाे बजारिकरणमा चिन्ता नलिनुस त्यसकाे जिम्मा पालिकाले लिन्छ ”

सुनछहरी गाउँपालिका बहुउद्देश्यीय सभाहलमा भएकाे तालिममा सुनछहरी गाउँपालिका पशु विकास तथा सहकारी शाखाका प्रमुख सुन बहादुर पुनमगरले बजारिकरण सम्बन्धी दिपज्याेति बचत तथा ऋण सहकारी संस्था लि.पाेबाङका व्यवस्थापक हर्क बहादुर घर्तीले वित्तिय परामर्श सम्बन्धी प्रशिक्षणात्मक कक्षा दिएका थिए ।

तालिम कार्यक्रमका अबसरमा गाेहाखाेला अल्लाे धागाे कटाइ तथा बुनाइ लघु उद्यमि समुह सुनछहरी-२,भित्रिगाम र लुङखाेला आमा लघुउद्यमि समूह सुछहरी-४,नारबाङ राेल्पाले आ-आफ्नाे उद्याेगमा उत्पादित धाकाका समाग्रि र सर्बाेत्तम पिठाे प्रदर्शन गरेका छन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(मेड्पा) सहजकर्ता लालकुमारि पुन गुरूङकाे सन्चालनमा भएकाे तालिम कार्यक्रममा सहजकर्ता पुर्ण बहादुर पुनमगरले स्वागत तथा कार्यक्रमबारे प्रत्याएका थिए ।