२०८१ जेष्ठ ६

सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार

काठमाडौं, २९ असार । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको हो ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीमा पनि रु १० बढेर तोलामा ९९० रुपैयाँ भएको छ ।