२०८१ जेष्ठ ६

जबर्जस्त साँवा व्याज असुल गर्ने वित्तीय संस्थामाथि नेकपाद्वारा जनकारवाही

धनगढी, २९ असार । डडेल्धुरामा ब्याज र किस्ताको रकम लिने फरवार्ड माइक्रोफाइनान्सलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ। लकडाउनको बेला नागरिकहरुलाई किस्ता र ब्याज रकम उठाएको भन्दै जनकारवाही गरेको हो ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जोगबुढामाथि नागरिकहरुबाट उठाएको ९८ हजार बरामद दुई सय रुपैँया बरामद जफत गरेको छ । जफत गरिएको रकम सम्बन्धित नागरिकहरुलाई फिर्ता गरिने नेपाल कम्युनिष्ट पार्टी डडेलधुराले सार्वजनिक गरेको छ।
यसअघि सरकारद्वारा प्रतिबन्धित तथा विद्रोही नेकपाले वक्तव्य निकालेरै बैंक तथा वित्तीय संस्थाहरुलाई लकडाउन अवधिभर जबर्जस्ती सावाँ ब्याज असुली नगर्न आव्हानसमेत गरेको थियो ।