२०८१ जेष्ठ ५

गामका युवा तथा व्यवसायीहरु कोठिभिर पुगे उनिहरु भन्छन् बनभोज गएका होइनौ

बैशाख ४,गाम । बैशाख १ गते गामका केही युवाहरू लकडाउनकमे उन्लङ्घन गरि वनभोज गएको भनि आएको समाचारमा कुनै सत्यता नरहेको बताइएको छ ।
सुनछहरि २ भित्रिगाम निवासि रमेश बुढामगर,मन बहादुर विक र सुनछहरी ३ बाहिरिगाम निवासि निला गुरूङ द्वारा विहिबार संयुक्त रूपमा एक प्रेस विज्ञप्ती जारि गरी उक्त विषयमा स्पस्त पारेका हुन् । प्रेस विज्ञप्तिमा भनिएको छ “हामी कोठिभिर गएको साचो हो तर लकडाउन उन्लङ्घन हुने गरि बनभोज तथा भिडभाड हुने क्रियाकलाप गरेका छैनौ हामी केही युवा तथा व्यवसायिहरू कोठिभिरको पर्यटन सम्भावनाको खोजिमा गएका बेला केही यथास्थितिवादी शक्तिहरूले कपोकल्पित भ्रम शृजना गर्ने प्रयास गरेको पाइयो र उक्त भ्रमको पछाडी लागेर सामुदायिक रेडियो जस्तो स्थापित सञ्चार माध्यमले विना पुस्त्याइ समाचार प्रशारण गरी ब्यक्तिगत गोपनियताको समेत ख्याल नगरि नाम सहित सार्बजनिक गरि भ्रमलाइ थप अतिरञ्जित गर्ने काम गरेको प्रति ध्यानआकर्षण भएको समेत विज्ञप्तिमा भनिएको छ ।


लकडाउनको बेलामा कोठिभिर जानुमा भुल स्विकार गर्दै आम सर्बसाधारणले विश्वास गर्ने सामुदायिक रेडियोले भ्रमपुर्ण समाचार प्रसारण गर्नु दुःखद कुरा रहेको निर्माण व्यवसायी एवं राजनितिज्ञ रमेश बुढामगरको भनाइ रहेको छ ।
पर्यटन विकासको प्रचुर सम्भावना रहेको रोल्पाकै अग्लो टाकुरा काेठिभिरमा  पुगेर मात्रै आएको तर बनभोजमा गएको भन्ने निराधारपुर्ण हल्ला फैलाउनु गलत भएको जनता मावि गाम एवं संयुक्त युवा क्लव गामको समेत अध्यक्ष रहेका निला गुरुङले बताए गुरुङका अनुसार कोठिभिरको उचाइ समुन्द्री सतह देखी ३ हजार ६ सय ५४ मिटर अग्लो रहेको छ ।


स्मरणरहोस यहि बैशाख १ गते सामुदायिक रेडियो मालश्रि १००.५ मेघाहर्जबाट गामका युवाहरू लकडाउन उन्लङ्घन गरि बनभोजमा भन्ने शिर्षकमा समाचार सार्बजनिक भएको थियो ।