२०८१ बैशाख २३

पर्यटन प्रवद्धनमा सुनछहरी गाउँपालिका

३० असोज,रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने नीति अघि बढाएको छ । स्थानीय तहका पर्यटकीय क्षेत्रको उचित प्रबद्र्धन गरी प्रचारप्रसार गर्न लुम्बिनी प्रदेश सरकारले पनि  पालिकालाइ आर्थिक सहयोग गरेको छ । गाउँपालिकाको यो कदमलाई पर्यटन व्यवसायीले स्वागत गरेका छन् ।
सुनछहरी गाउँपालिका वार्ड नं. ४ स्यूरीमा रहेको सुनछहरी झरनाको नामबाट नामाकरण भएको रोल्पाको सुनछहरी गाउँपालिकाले पर्यटकीय गतिविधि बढाउने गरी काम थालेको हाे । गाउँपालिकाको योजनालाई साथ दिँदै लुम्बिनी प्रदेश सरकारले पनि पर्यटन प्रबद्र्धन गर्न गाउँपालिकालाई २५ लाख बजेट दिएको छ । त्यस्तै गाउँपालिकाले आफ्नो क्षेत्रका प्राकृतिक सम्पदाको संरक्षण र प्रबद्र्धन गर्दै पर्यटकीय क्रियाकलाप बढाउने योजना बनाएको छ । स्थानीय गन्तव्यको उचित प्रचार गर्न सके राम्रो आम्दानी लिन सकिने गाउँपालिकाको ठहर छ । सुनछहरी झरनाको संरक्षण गरी पर्यटन विकास गर्न सके सिङगो गाउँपालिकालाई नै राम्रो आम्दानीको स्रोत हुने सुनछहरी ४ का वडा अध्यक्ष खडक घर्तीमगर को भनाइ रहेको छ ।

पूर्वाधारको विकासका साथै स्थानीयमा चेनताको अभावले गाउँपालिका पछि परेको निष्कर्षसहित सर्वसाधारण पनि गाउँपालिकाको योजनालाई साथ दिएका छन् । अब सबै मिलेर पर्यटकीय गतिविधि अघि बढाउनु पर्नेमा स्थानीय सुनछहरी ५ माबाङ निबासी जितराम बुढामगरको जोड रहेको छ ।

सुनछहरी झरनाको अवलोकन गर्न पुल निर्माण तथा आबश्यक पुर्वाधार निर्माणका लागि बजेट विनियोजन भएको छ । भौगोलिक विकटता भएका क्षेत्रमा पनि पर्यटकीय गतिविधि बढाउन सकिने तथा युद्ध पर्यटनका लागि यो क्षेत्र उपयोगी हुने गाउँपालिकाका उपाध्यक्ष पवित्रा घर्तीमगरको भनाई छ ।

गाउँपालिकाले यो वर्ष २० लाख रुपैयाँ बजेट पर्यटन प्रवद्र्धन तथा विकास कार्यक्रमलाई छुट्याएकाे छ । पर्यटन विकास गर्न विभिन्न वडाले पनि बजेट विनियोजन गरेका छन । सुनछहरी–२ भित्रीगामले रेडपान्डा संरक्षण तथा प्रचारप्रसार गर्न बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सुनछहरी झरना हुँदै गामको गोङबाङ, बिबाङ दह, धनबाङ दह हुँदै तिलाचन तालसम्म र बजुधुरी जेलबाङ हुँदै जलजलासम्म पर्यटन मार्ग निर्धारण गरी संरचना निर्माणको काम अघि बढाएको छ ।

शहिद गाउँ जेल्बाङ