२०८१ बैशाख २३

सुनछहरी झरणा पर्यटन प्रबर्द्धनकाे काम शुरू यस बर्ष पहुँच मार्ग र झोलुङ्गे पुल बन्ने

पौष १, रोल्पा । सुनछहरी झरणा सम्म पुग्नलाई पहुँच मार्ग र झोलुङ्गे पुल निर्माण हुने भएको छ । लुम्वीनी प्रदेश सरकारले सुनछहरी झरणा संरक्षण तथा प्रबद्र्धनका लागि चालु आर्थिक बर्षमा २५ लाख रुपैयाँ र संघिय सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
विनियोजित बजेटबाट यस बर्ष के गर्न सकिन्छ भन्ने विषयमा अध्यन गर्न डिभिजन बन कार्यालय रोल्पा र सुनछहरी गाउँपालिको संयुक्त टोलिले सुनछहरी झरणा क्षेत्रको मंगलबार प्रत्यक्ष अवलोकन गरी योजना ठोस गरेको छ ।
डिभिजन बन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत दधिलाल कडेलका अनुसार तत्काल सुनछहरी झरणा सम्म पुग्लाई पहुँच मार्गको आबश्यकता देखिएकाले यस बर्ष स्विकृत बजेटबाट ट्रायलम मार्ग निर्माग गरिने छ ।
सुनछहरी झरणा सम्म पुग्नलाई सबैभन्दा सहज र नजिकको बाटो जैमाकसला माबाङ हो । माबाङको किसनबाङ देखी हार्जङको सालमजा हुदै सुनछहरी झरणा सम्म पुग्न सकिन्छ ।
सुनछहरी गाउँपालिकाका अध्यक्ष आश बहादुर पुनमगरले दिएको जानकारी अनुसार सुनछहरी झरणा सम्म पुग्नलाई माबाङ र सालमाजा जोड्ने झोलुङगे पुलको निर्माण कार्य अगाडी बढेको छ । संघिय सरकारको सहयोगमा निर्माण हुने झोलुङ्गे पुलको बिस्तृत अध्यण सम्पन्न भई बाकी कामको लागि प्रकृया थालिएको समेत अध्यक्ष पुनले बताए ।


यसका अलावा सुलिचौर गाम सडकको प्रयोग गरी स्यूरी हुदै पनी सुनछहरी झरणा सम्म पुग्न सकिन्छ सुनछरी गाउँपालिका–४,स्यूरीका अध्यक्ष खद्क बहादुर घर्तीमगरका अनुसार स्यूरीको साकिना र लुङ्रीको हार्जङ हुदै दुई वटा मोटरबो सुुनछहरीलाई लक्षित गरी निर्माण भैरहेको छ लुङ्री गाउँपालिकाको गुम्चाल हार्जङ हुदै सुनछहरी गाउँपालिकाको स्यूरी गाम जोड्ने अन्तर गाउँपालिका सडक अन्तरगत उक्त मोटरबाटो निर्माण भए सुनछहरी झरणा अवलोकन गर्न आउने आन्तरीक तथा बाह्य पर्यटकलाई अझ सहज हुने छ ।
सुनछहरी झरणालाई पर्यटकीय क्षेत्रमा विकास तथा प्रबद्र्धन गर्नका लागि सुनछहरी गाउँपालिकाले विस्तृत परियोजना रिपोर्ट(डिपिआर) तैयार गरेको छ । गाँउपालिकाको अन्तरिक स्रोतबाट करिव पाँच लाख रपैयाँ खर्च गरी ११ करोड रुपैयाँ लागत बराबरको विस्तृत परियोजना रिपोर्ट(डिपिआर) तैयार भएको गाँउपालिकाका योजना शाखा प्रमुख सन्तोष चौधरीले जानकारी दिए ।