२०८१ जेष्ठ ५

नाकढुंगामा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने एक जना पक्राउ

काठमाडौं, ४ जेष्ठ । नागढुंगामा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरिका उत्तम कार्की हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको कुरा सार्वजनिक गर्नुभएको छ ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।