२०८१ बैशाख २३

राणाहरुले उत्खनन् गरेको तामा खानी अझै ओझेलमा, स्थानिय सरकारको ध्यान गएन

कात्तिक १,रोल्पा । सुनछहरी गाउपालिका–५ थनबाङ,रोल्पामा थुप्रै तामाखानीहरु छन तर ती खानीहरु अहिलेसम्म ओझेलमा रहेकाछन । आज भन्दा २०० वर्ष पहिले तत्कालीन राणा सरकारले उत्खनन् गरेको तामाखानी देशको बदलिदो राजनैतिक परिवेश सँगै तत्कालिन शाही सरकारले उत्खननमा रोक लगाएको स्थानीय रिमु सुवेदीले बताए । हाल ती तामाखानीहरु भवनावेशको रुपमा मात्र रहेकोछ ।सुनछहरी गाउपालिका–५ जैमाकसलाको थनबाङ टोलमा र सुनछहरी गाउपालिका–७ जेलबाङ खिबाङको मिन्जाखोर ,रोल्पामा तामाखानीका भवनावेशहरु थुप्रै रहेकाछ्न । ति तामाखानीहरुको भवनावेशलाई प्रचारप्रसार गरि पुर्ण उत्खनन र गुफाको रुपमा बिकास गरे यस क्षेत्रको आर्थिक बिकास हुनेमा आशावादी रहेको स्थानीयहरु बताउछ्न ।

ती भवनावेशको रुपमा रहेका तामाखानीहरु लाई स्थानीय सरकारले आफ्नो तर्फबाट गर्न सक्ने काम गर्नुपर्ने साथै प्रदेश र संघिय सरकारलाई समेत यसको उत्खनन्को लागि पहल गर्नुपर्ने नेकपाका रोल्पा जिल्ला सल्लाहकार समेत रहेका स्थानीय रिमु सुवेदीको भनाइ रहेको छ ।

यसका साथै तामाखानी रहेको क्षेत्रमै एउटा प्राकृतिक गुफा पनि रहेको छ । सो गुफा करिब ५०० मिटर भित्र सम्म रहेको सुवेदीले जानकारी दिए । हाल उक्त गुफामा करिब १० मिटर भित्र चमेराहरु बस्ने गर्दछन् । उक्त गुफा बाहिर बाट हेर्दा सानो प्रवेशद्वार रहेको छ भने भित्र सुरुमै करिब १०० जना अताउने ठाउँ रहेको छ ।

स्थानीय नवसिर्जनशील युवा क्लबका अध्यक्ष गोबिन्दराज विष्टले हाल सम्म उक्त गुफा प्रचारप्रसारमा नआउदा पछाडी परेकोले अबका दिनमा आफुहरु पनी यसको प्रचारमा लाग्ने साथै सम्बन्धीत निकाय र सञ्चारमाध्यमले पनी आफुहरुको अभियानमा सहयोग गर्ने कुरामा विस्वसत रहेको विचार व्यक्त गरे । उक्त गुफामा केहीले अंकलझुंकल पुँजापाठ गर्ने गरेका छन् यसका साथै त्यस क्षेत्रमा कोही विरामी परेमा आध्यात्मिक रुपले पुजापाठ गरेपछी विरामी व्यक्ति निको हुने गरेको स्थानीयहरु बताउछ्न ।