२०८१ जेष्ठ ५

पोबाङ स्वास्थ्यचौकी अब १५ शैयाको अस्पताल बन्ने

४ कात्तिक,रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाका स्थानीयहरु सामान्य स्वास्थ्य सेवा लिनको लागि एक दिन लगाएर प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर झर्ने गर्दछन, संघिय सरकारले गाउँपालिकाको केन्द्रमा रहेको पोवाङ स्वास्थ्य चौकीलाई स्तर उन्नती गरि १५ शैयाको अस्पताल बनाउने भएपछि यो समस्या समाधान हुने भएको छ । आधारभुत सेवा दिइरहेको स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बनाउने भए पछि स्थानीयहरु खुसी भएका छन ।

संघिय सरकार को स्थानीयतहमा १५ शैयाको अस्पतालमा स्तर उन्नति कार्यक्रम अन्तर्गत पोबाङ स्वास्थ्य चौकी १५ शैयाको अस्पतालमा स्तर उन्नतिको सूचिमा परेको हो । अस्पतालको निर्माणका लागि संघीय सरकार बाट ७० लाख रकम विनियोजन भएको छ । आवश्यक सम्पूर्ण सबै प्रक्रियाहरु पुरा भै सकेकोले केहि दिन मै टेण्डर आह्वान गरी अस्पतालको भवन निर्माण गर्ने कार्य अगाडी बढाइने गाउँपालिका स्वास्थ्य संयोजक जगत बुढाले बताए । दैनिक २० जना भन्दा बढी लाई समान्य रुपमा स्वास्थ्य सेवा दिदै आएको यस पोवाङ स्वस्थ्य चौकी १५ शैयाको अस्पताल भएमा ल्याप सेवा एक्स रे लगाएत अन्य विशेसज्ञ सेवा र गाउँपालिका बाट हुने मुख्य मुख्य काम समेत अस्पताल बाट हुने छ ।

सुनछहरी र थवाङ गाउँपालिकाको केहि वडाका स्थानीयहरुले सामान्य स्वास्थ्य सेवा लिन धेरै पैसा र समयको खर्च गरि सुलिचौर, दाङ र बुटवल जानु पर्ने बाध्यता हट्रने गरि तत्काल ल्याप सेवा स्वास्थ्य चौकी बाट दिने गरि कर्मचारी समेत छनौट गरि सकेको पोवाङ स्वास्थ्य चौकीका प्रमुख जनक गिरीले बताए । २०४५ सालमा स्थापना भएको यस स्वास्थ्य चौकीलाई स्तर उन्नती गरि अस्पताल बनाउन लागे पछि स्थानीयहरुले गाउँ मै स्वस्थ्य सेवा पाउने र यहाँ विरामीहरु स्वास्थ्य सेवा लिनको लागि बाहिर जानु पर्ने समस्या समाधान हुने छ ।

पाेबाङ स्वास्थ्यचाैकी

दुर्गम ठाउँमा डाक्टर नआउने समस्या रहेकाले त्यसको लागि स्थानीय , प्रदेश र संघिय सरकारले उक्त समस्याको समाधान गर्न सकेकामा मात्र सुनछहरी बासी लगायत यस क्षेत्रका जनतालाई फाइदा हुने स्थानीय शिक्षक एवं नेपाल रेडक्रस सोसाइती उपशाखा पोबाङका सभापती खिम बहादुर विष्ट बाताउछन ।

उत्तर पुर्वी रोल्पामा अवस्थित सुनछहरी गाउँपालिका रोल्पाकै सबै भन्दा दुर्गम र पछाडी परेको यस गाउँपालिकामा १५ शैयाको अस्पताल बनेमा यहाँका जनाताहरुले नेपालको संविधानमा उल्लेख भए अनुसारको स्वास्थ्य सेवा पाउने छन भने गाउँ घरमा धामी झाक्रिको झार फुकको विश्वासमा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता कम हुदै जाने विश्वास लिइएको छ ।