२०८१ जेष्ठ ६

विप्लव नेकपाका जिल्ला ईन्चार्ज र जिल्ला सदस्य पेस्तोल सहित पक्राउ

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेकपाका रौतहट जिल्ला ईन्चार्ज र जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिहान चन्द्रपुर नगरपालिका ३ महादेव डाँडास्थित अल्जाजोर भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रौतहट जिल्ला ईन्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट एक थान नलकटुवा पेस्तोल, एक थान ग्रिनेड र केही थान मोबाइल तथा सिमकार्ड पनि बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।