२०८१ जेष्ठ ६

मनकारी लोकेन्द्र द्वारा १६० घरधुरीलाई खाद्यान्न वितरण

मनकारी लोकेन्द्र द्वारा  १६० घरधुरीलाई खाद्यान्न वितरण


जाजरकोटमा एकैजना ब्यक्तिको सहयोगमा अति बिपन्न दलीत एवं श्रमीक समुदायका १६० घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । एलिसा डिजाईन्स एण्ड विल्डर्स प्रा.ली. विरेन्द्रनगर सुर्खेतका कार्यकारी निर्देशक लोकेन्द्रजङ राणाको ब्यक्तिगत सहयोगमा जाजरकोटको शिबालय गाउँपालीका वडा नम्बर १ का अति बिपन्न एवं लकडाउनका कारण खाद्य संकट उत्पन्न भएका १६० घरपरिवारलाई मंगलबार चामल वितरण गरिएको हो । शिबालय गाउँपालीका र गाउँपालीकाको १ नम्बर वडा कार्यालयद्धारा एक औपचारीक कार्यक्रमको आयोजना गरी प्रती परिवार १५ के.जी.का दरले चामल वितरण गरिएको छ । वितरण कार्यक्रममा न्यूनतम सामाजीक दुरी समेत कायम गरिएको छ ।


बिश्वब्यापी महामारी कोभिड १९ को प्रकोपका कारण अहीले प्रयाजसो श्रमीकहरुले रोजगारी गुमाएको र यस्तो अवस्थामा खाद्य संकट भोगिरहेका मानिसलाई सहज होस भन्ने हेतुले आँफुले स्थानीय सरकारसंगको समन्वयमा  खाद्यान्न वितरण गरेको एलिसा डिजाईन्स एण्ड विल्डर्स प्रा.ली. विरेन्द्रनगर सुर्खेतका कार्यकारी निर्देशक लोकेन्द्रजङ राणाले वताउनुभयो । खाद्यन्न वितरण कार्यक्रममा एलिसा डिजाईन्स एण्ड विल्डर्स प्रा.ली. विरेन्द्रनगर सुर्खेतका कार्यकारी निर्देशक लोकेन्द्रजङ राणा, शिबालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र शाही, वडा नं. १ का अध्यक्ष मान बहादुर पुन लगाएतको उपस्थिती रहेको थियो ।