२०८१ जेष्ठ ६

नेपाली जनप्रगतिशील मोर्चा साउदीद्वारा पौडेल र कुवरको विदाई

साउदी अरब, ७ श्रावण । नेपाली जनप्रगतिशील मोर्चा साउदी अरबले अरबको पश्चिमी क्षेत्रस्थित नेपाली महाबाणिज्य दूतावास जेद्दाहका महाबाणिज्य दूत रेवती रमण पौडेल र श्रमसहचारी श्री राजु कुवरको विदाई गरेको छ । कोरोनाको महामारी बीचमा पनि भौतिक दूरी र सुरक्षाका साधनहरु प्रयोग गरी मोर्चाका वरिष्ठ सल्लाहकार तीर्थ पाख्रिनको उपस्थितिमा ऐतिहासिक भेटघाटसहित पौडेल र कुवरको कार्यकाल समाप्त भएकाले मोर्चाले औपचारिक रुपमा विदाई गरेको हो ।
नेपाली जनप्रगतिशील मोर्चा क्षेत्रीय समिति जेद्दाहले उहाँहरुलाई मायाको चिनो स्वरुप पुष्पगुच्छासहित सगरमाथा र नेपाली झण्डाको फोटोफ्रेम हस्तान्तरण गरेको छ ।
मायाको चिनो ग्रहण गर्दै महाबाणिज्य दूतावासले आफ्नो कार्यकालमा हजारौं नेपाली श्रमिकहरुको समस्या समाधान गरेको र नेपाली जनप्रगतिशील मोर्चा जेद्दा क्षेत्रीय समिति मात्र लगभग सयजनाको हाराहारीमा सफल उद्दार र श्रमिकहरुको समस्यामा समाधान गर्न सफल भएको बताएका थिए । अर्का श्रमचारी कुवरले बाणिज्य दूत र श्रमसहचारीहरु पुग्न नसकेको ठाउँमा नेपाली जनप्रगतिशिल मोर्चा पुगेर पीडितहरुको उद्दार गर्नमा ठूलो सहयोग पुगेको भन्दै मोर्चाले श्रमिकहरुको हकहितमा गर्दै आएको कार्यप्रति खुशी व्यक्त गरे ।
बिदाइको क्रममा मोर्चाका वरिष्ठ सल्लाहकार तीर्थ पाख्रिनज्यले बाणिज्य प्रमुख रेवती सर र श्रमसहचारी राजु कुवरज्युलाई विशेष धन्यवाद दिँदै उहाँहरुको कार्यकालमा जेद्दा क्षेत्र अन्तरगतका कयौं घरेलु कामदार र विभिन्न कम्पनीमा कार्यरत श्रमिकहरुको दुखेको घाउमा मलम लगाएकोमा धन्यवाद व्यक्त गर्दै खुलेर प्रशंसा गरेका थिए । यस्तै मोर्चाका जेद्दा क्षेत्रीय समिति इन्चार्ज कैलाश मैनालीले अब आउनुहुने नयाँ बाणिज्यदुत र श्रमसहचारीहरुबाट पनि तत्कालीनको जस्तै साथ सपोर्ट र माया पाउनेमा आफुहरु ढुक्क भएको बताए ।