२०८१ जेष्ठ ६

कर्णाली प्रदेश सरकारको निर्णय : अलपत्र नागरीकलाई गन्तव्यमा पुग्न दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । विहिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले अन्य जिल्लाले ल्याएर छाडेका र आफ्नो जिल्लासम्म जाने खर्च नभएकालाई कर्णाली प्रदेश सरकारले खर्च व्यवस्था गरि दिने । प्रदेश बाहिरबार सवारी साधनको व्यवस्था गरी समूहमा आएकालाई गन्तव्यसम्म पुग्न दिने निर्णय भएको कर्णाली प्रदेशा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् ।