२०८१ जेष्ठ ६

मलेसियामा एक नेपाली युवक पक्राउ, यस्तो छ पक्राउ पर्नुको भित्री रहस्य

मलेसिया, ९ श्रावण । रोजगारको सिलसिलामा मलेसिया गएका एक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला, शंकरपुरा गाउँपालिका वडा नं. ७ का भुनि कुमार मुखिया पक्रउ परेका हुन् । उनलाई मलेसियाकी एक केटीमाथि बलत्कार गरेको आरोपमा मुद्दा परेपछि प्रहरीले पक्राउ गरेको हो ।

के साच्चै बलात्कारै भएको हो ?
मुखिया २०७३ साल माघमा बानेश्वरको एकता मेनपावरबाट मलेसिया रोगजारको सिलसिलामा पुगेका थिए । मलेसियाको सेलाङ्गर जिल्लाको कोसान ग्लोभ कम्पनीमा ४३ महिनादेखि काम गर्दै आएका मुखियाको सोही क्रममा त्यहीको स्थानीय केटीसँग उनको माया प्रेम बस्यो । यसैक्रममा ती मलेसियाकी महिलाले बेलाबेलामा पैसा पनि लिएको बुझिएको छ । पटकपटक गरेर मलेसिया रिंगेट ७००० हजार भन्दा बढी लिएको स्रोतले बताएको छ । स्रोतका अनुसार पछिल्लो चरण नेपाली केटालाई मलेसियाकी केटीले बाहिर होटेलमा बोलाई दुई रात सँगै बसेका थिए । सोही कुरा केटीको अभिभावकले थापा पाएर आफ्नो छोरीलाई बलात्कार गरेको भन्दै मुद्दा दर्ता गरे । त्यसपछि सोही मुद्दाको आधारमा मुखियालाई प्रहरीले काम गरिरहेको अबस्थामा पक्राउ गरेको बुझिएको छ । मलेसियाको कानून अनुसार उनी एक/दुई दिनमै जेल चलान हुनेछन् ।

कम्पनी र दूतावासको भूमिका शुन्य
कार्यक्षेत्रमा काम गरिरहेकै अवस्थामा प्रहरीले मुखियालाई हतकडी लगाएर लग्दासमेत कम्पनीले कुनै चासो देखाएन । साथीहरुले मुखियालाई छुटाउनु पर्ने कुरा राख्दासमेत कम्पनीले विभिन्न बहानामा बनाउँदै पन्छिदै आएको छ । उ सो त दूतावासले पनि कुनै चासो नदेखाएको मुखियाका साथीहरुको गुनासो छ । जसको कारण एक÷दुई दिनमै एक तर्फी बयार लिएर जेल चलान हुन्छन् । यस्तो बेलामा दूतावास र नेपाल सरकारले केही पहल गरे एक नेपालीको भविष्य अन्धकार हुनबाट बच्ने थियो । यस्ता खालका गतिविधिमा नेपाल सरकार र सम्बन्धित दूतावासको ध्यान जान जरुर देखिन्छ ।