२०८१ जेष्ठ ६

समाजमा कोरोना संक्रमण भेटिएपछि बिरगन्जमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

काठमाडौं, १० श्रावण । पर्साको बिरगन्ज महानगरपालिकामा आज विहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । समुदायमा कोरोना संक्रमण देखिन थालेपछि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
सरकारले लकडाउन हटाएसँगै समुदायमा कोरोना संक्रमन फैलन सक्ने चिन्ता भइरहेको बेला बिरगन्जमा भने समुदायमै कोरोना संक्रमणको खतरा बढेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । निषेधाज्ञा सम्बन्धमा प्रशासनले शुक्रबार जिल्लामा क्रियाशील राजनीतिक दलहरुसँग छलफल वृहत् छलफल गरेको थियो । प्रशासनले सोही छलफलका आधारमा निषेधाज्ञा विरगन्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाईएको छ ।

पछिल्लो समय पर्सामा विभिन्न स्थानहरुका स्थानीय तथा कारागारका कैदीमा समेत कोराना देखिएको छ । भने समुदायमा अझै कोरोना फैलिएको आंशका गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले निर्देशन गरेको आवश्यक मापदण्ड पुरा नगरेरै ४ महिना देखि जारी लकडाउन हटाएसँगै विरगन्जमा कोरोना समुदायमा फैलिएको छ । यो प्रक्रिया देशैभरी हुनसक्ने भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता गरेका छन्। स्वास्थ्य विज्ञहरुले थप सतर्क र सजब रहन नागरिकहरुलाई आग्रहसमेत गरेका छन् ।