२०८१ जेष्ठ ६

न्यूयोर्कमा रोल्पा अमेरीका समाज गठन

श्रावन १३, न्यूयाेर्क । अमेरीकामा रहेका रोल्पालीहरुको सक्रियतामा अमेरिकाको न्यूयोर्कमा रोल्पा अमेरीका समाज गठन गरिएको छ । अमेरिका लगायत विश्वका जुनसुकै कुनामा रहेका नेपालीहरुलाई समस्यामा सघाउ पुराउन तथा रोल्पालिहरुको एकताको सन्देश दिनका लागि गठन गरिएको समाजको अध्यक्षमा गोविन्द श्रेष्ठ चयन भएका छन् ।
समाजको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष टिका बहादुर थापा(तेकेन्द्र)र धन कुमार रोका,कोषाध्यक्षमा अभिनाष घले,सचिवमा आकाश घर्ती क्षेत्री,सह—सचिवमा मनोज मगर, चयन भएका छन् यस्तै सदस्यहरुमा गायत्री विष्ट,श्रीधर महरा,बर झाक्री,हुरमत रोकामगर,अजित विष्ट, र राजु घर्तीमगर चयन भएका छन् ।


यसका साथै समाजको सल्लाहकार समिति समेत चयन गरीएको छ । सल्लाहकारहरुमा भुपनारायण घर्तीमगर,डा.होम थापा,लक्ष्मण पुन र पेमलाल बुढा रहेको उपाध्यक्ष टिका बहादुर थापाले आफ्नो फेसबुक मार्फट सार्बजनिक गरेका छन् ।
सोमबार अमेरिकाको न्यूयोर्कमा भएको पहिलो भेलामा स्वेच्छिक रुपमा २ हजार अमेरीकी डलर संकलन भएको छ भने समाजका सदस्यले मासिक १५ अमेरिकी डलर संकलन गर्ने समेत निर्णय भएको छ ।