२०८१ जेष्ठ ५

नेपाल कम्यूनिष्ट पार्टी सुनछहरीको समिक्षा बैठक सम्पन्न

१८ भदौ,रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी सुनछहरी गाउँ कमितिको समिक्षा बैठक बिहिबार सम्पन्न भएको छ ।
पार्टीका गाउँ कमिति सेक्रेटरी विपुलको अध्यक्षतामा एजं इन्चार्ज हेमन्तको विशेष उपस्थितिमा भएको समिक्षा बैठकमा गाउँपालिका भित्रका सबै वडा कमितिका पदाधिकारी तथा विशेष कमितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।


नेपाल कम्यूनिष्ट पार्टी रोल्पाको निर्णय अनुसार गत श्रावन २५ गते देखि भदौ ४ गते सम्म सुनछहरी गाउँपालिकाका ७ वटै वडाहरूमा सन्चालन गरिएको कोभिड–१९ नियन्त्रणका लागि एकिकृत जनसुरक्षा अभियानको समिक्षा गरिएको हो ।
अभियानको समिक्षा सँगै आगामी कार्यक्रम समेत तय गरेको छ जस अन्तरगत प्रत्यक वडाहरुमा वडा कमितिहरु गठन पुनरगठन,सेल कमितिहरु निर्माण साथै आगामी भाद्र २७ गते युवा संगठन नेपाल सुनछहरी गाउँ कमितिको भेला गर्ने लगायतका निर्णय समेत गरेको नेकपा सुनछहरीले जनाएको छ ।