२०८१ बैशाख २३

संसारकै महंगो २०० डलरको भिडियोकल।

सन २०१८ डिसेम्बर तिर बाट मैले कतार एयरवेज (हमद अन्तरास्ट्रिय विमानस्थल) दोहा कतारमा काम गर्न थालेको थिए। कम्पनीले ४ महिना ´Attitude Skills For Profession` भन्ने तालिम सिकाएर मात्र काम गराउदो रहेछ।दैनिक २ घन्टा तालिम हुन्थ्यो।त्यसपछि समय कटाउन सामाजिक सन्जाल तथा ईन्टरनेट तिर ध्यान दिइन्थ्यो।त्यसै बिचमा कतार एक मुस्लिम देश हो।तसर्थ कतारमा बस्दा पालना गर्नुपर्ने आधारभूत नियम कानुनहरु पनि हामिलाई सिकाइयो।हाम्रो दैनिक जिवनमा पालना गर्नुपर्ने नियम तथा व्यवसायीक जिवनमा पालना गर्नुपर्ने नियम कानुनहरुको बारेमा आधारभूत तालिम दिइसकेपछि ४ महिना पछि दैनिक काम गर्ने जिम्मा पाइयो।

२०१९ अप्रीलको अन्त्य तिर बाट काम सुरु भयो।मलाई घुमफिर रमाइलो अनेक गर्नुपर्ने तर बाहिरको प्राकृतिक तथा कृत्रिम वातावरणका कारण त्यि सब ´सम्झिने पानी छम्किने` भन्या जस्तै भयो।किशोरावस्थाको अन्तिम चरणमै भएको भएर होला।हर्कत,सोचाइ त्यतिबेलासम्म हटेको थिइन।सामाजिक सन्जाल त्यसैमाथी फेसबुक चलाएको त लगभग एक दशक पुगिसकेको थियो।फेसबुकमा प्राय सबै चिरपरिचित अनुहारहरु नै थिए।अन्जान कसैको साथिको अनुरोध आयो।भने,म स्वीकार गर्थेन।बिरलै केटा मान्छेहरुले एउटा उमेरमा राम्री केटि देखेपछि मन लोभ्याउदैनन् होला।मेरो काम नै ´कस्टमर सर्विस`मा भएकाले कस्ता-कस्ता सुन्दरी केटिहरु देखिएन।अनि यो मन कस्तोसम्म भएन होला ? विशेषगरि एयरपोर्टमा त्यसैमाथी काम नै त्यस्तै भएकाले विश्वका लगभग प्राय देशका केटिहरु सङ्ग व्यवसायीक हिसाबले बोलियो।तर मुस्लिम (अरेबियन) केटिहरु जस्ता सुन्दरी केटिहरु अझैसम्म देखेको छैन।र सबैभन्दा सस्ता अर्थात एउटा समोसामा पनि बिक्ने केटि चाहिँ फिलिपिन्सका केटिहरु हुदारहेछ्न।

२०१९ मेई १ तारिखको दिन मर्निङ ड्युटी थियो।बिहानै ड्युटी आएर ८ घन्टाको ड्युटी सकेर फर्किएर कोठामा पुगे।नित्यकर्म गरेर कोठाको ल्यापटपमा फेसबुक लग-ईन गरे।सबै नोटिफिकेसन चेक गरे।६ सय बढी अपरिचित अनुहारहरुको फ्रेन्ड रिक्वेस्ट मैले स्वीकार नगरी पेन्डिङमा राखिदिएको थिए।त्यसदीन ´Ireshi Zunta` नामको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ।उसको प्रोफाइल चेक गरेको,थाइल्यान्ड बैंकक तिरकी निकै सुन्दरी युवती रहेछिन।निकै सुन्दरी देखेपछि फ्रेन्ड रिक्वेस्ट पेन्डिङमा राख्न मन लागेन।सायदै केटा मान्छेको मनलाई लाग्दैन होला।फेक अकाउन्ट होइन,भन्ने ग्यारेन्टी जस्तो भएपछि उसको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरे।

एसेप्ट गरेको ५-१० मिनेटको बिचमा उता बाट म्यासेज आयो।मलाई त्यतिबेला के ´खोज्छस कानो ? आँखो।` भन्या जस्तै फिल भयो।परिचय कुराकानी हुँदै गयो।फेसबुक मार्फत मित्रता निकै गहिरो हुनसक्ने छनक पाइहाले।त्यसपछि पुनः भोलि यसै समयमा भेट्ने वाचा सहित छुटियौ।

भोलि पनि ड्युटीभर उस्कै बारेमा सोचमग्न भए।कहिले कोठामा गएर मजाले बोलौ झै भइरहेको थियो।जसोतसो ड्युटी सकाएर कोठामा गए।त्यसपछि मैले नै उस्लाई ´Hi sweety,Im Back` लेखेर म्यासेज पठाए।त्यसपछि कुराहरु सुरु भए।उस्ले ´भिडियो कलमा बोलौ।` भनी,मैले त झन खोजेकै त्यै थियो।सहर्ष स्विकार गरे।उस्ले मलाई स्काईप आइडी बनाउन भनी।मैले स्काईप आइडी बनाएर उस्लाई भिडियो कल गरे।

बाफरे ! कतारको गर्मीमा हिड्दा भन्दा उस्लाई देख्दा चिटचिट पसिना आयो।´अन्डर्वेयर र ब्रा` मात्र लगाएकी थिइ।उस्ले आफ्नै हातले उस्का स्तन र यौनिका आसपास स्पर्श गर्न थाली।मलाई बिस्तारै असह्य हुदैथियो।उस्ले पनि मलाई मेरो कपडाहरु खोल्न भनी।उमेरको आवेगले होला सायद,म पनि अन्डरवेयर सङ्ग मात्र भए।उस्ले जेजे भनी मैले त्यस्तै गर्न थाले।अन्तिममा उस्ले मलाई निवस्त्र पारी।उस्ले पारी भन्दा पनि आफ्नै यौन आवेगले पार्‍यो।उस्ले पोर्न भिडियोमा जस्तै आवाज निकालेर मलाई पनि त्यस्तै गर्न उक्साइ।म पनि त्यस्तै-त्यस्तै गरिरहे।उस्ले हस्तमैथुन गरिरहेकी थिइ।यता मैले झन नगरी बस्नसक्ने अवस्था नै थिएन।

लगभग आधा घन्टाको अश्लिल भिडियोकल कर्म गरिसकेपछि दुबै जना स्खलित,थकित भयौ।उ भइ या भइन,तर म भइसकेको थिए।त्यै भएर आजलाई यत्ती अब भोलि बोलौला भनेर भिडियो कल काटियो।कल काटेको लगभग २० मिनेट पछि उस्ले म्यासेजमा एउटा भिडियो पठाइ।उक्त भिडियोमा मैले अघि उ सङ्ग गरेका यौन क्रीयाकलापहरु रहेछन।मलाई उस्ले रेकर्ड गर्ली भन्ने थाहै थिइन।मुख्य कुरा शंका,अनि त्यस्तो पनि गर्न मिल्छ।भन्ने ज्ञान थिएन।हे भगवान ! छाँगा बाट खसेको झै भए।उस्ले ५०० डलर पठाइदे।नत्र यो भिडियो युटुब,पोर्न साइट जताततै हाल्छु,भनी।सायद त्यतिबेला मेरो साटो गएको थियोहोला।त्यतिबेला म सङ्ग ५०० डलर थिएन।पैसा छैन,प्लिज यसो नगर भनेर दुख देखाएर बिन्ती गरेपछि लास्त २०० डलरमा मन्जुर भइ।कोठामा २ जना बस्थ्यौ।आफ्टरनून ड्युटी गएको मान्छे पनि आइसक्यो।तर म तनावले सुतेको थिइन।साथिलाई सबै कहानी सुनाएपछी बेस्सरी हासेर मलाई सम्झाउदै,´केही हुन्न।चिन्ता नगर्नुस।` भन्यो।कहिले बिहान होला भनेर,युटुब र पोर्न साइटहरुमा आफ्नै नाम राखेर सर्च गर्दैमा रात बित्यो।बिहान ड्युटी गए।र एयरपोर्ट बाटै २०० डलर उस्को अकाउन्टमा राखिदिए।अनि कोठामा आएर उस्लाई ´ त्यस्तो काम नगर्नु।म सङ्ग पनि तँ सङ्ग बोलेका प्रमाणहरु स्क्रिनसट गरेर राखेको छु।कतार मुस्लिम देश हो।यहाको प्रहरीमा तेरो रिपोर्ट गरिदिए भने के हुन्छ ?`  भनेर म्यासेज लेखी फेसबुक,स्काईप बाट ब्लक गरे।तर युटुब र पोर्न साइटमा आफ्नै नाम टाइप गरि खोज्न चाहिँ छाडिन।लगभग ५ महिनासम्म दैनिक खोज्थे।त्यसपछि त्यो पेशेवर साइबर ब्ल्याकमेलर होलि भनेर त्यो कुरा दिमाग बाटै झिकिदिए।

सामाजिक सन्जालले संसार साँघुरो बनाइदिएको छ।तर यै सामाजिक सन्जालको गलत प्रयोग गर्दा वा सावधानी न अपनाउदा हजारौको ज्यान गएको छ।लाखौ मान्छे मानसिक तनावमा छन।मेरो जस्तो ब्यथा पनि लाखौको छ।मैले यो कुरा सबै सामु शेयर गर्नुको मतलब,यसरी कसैलाई क्षति नपुगोस।सबै सावधान होउन् भनेर नै हो।सामाजिक सन्जालको सदुपयोग दुरुपयोग वा कसरी उपयोग गर्ने भन्ने तपाईको निजि विचार हो।

सबैको जय होस।

-कविराज ´बेबि`