२०८१ जेष्ठ ५

सप्तरङ्गी साहित्य समाज लुम्बिनी प्रदेशको उत्घाटन तथा गजल महफिल २०७८

१७,असोज बुटवल । सप्तरङ्गी साहित्य समाज लुम्बिनी,प्रदेशको उत्घाटन तथा लुम्बिनी गजल महफिल २०७८ सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको हल रुपन्देही बुटवलको सभाहलमा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार द्वय रुद्र ज्ञवाली विशिष्ट अतिथीहरूमा सपतरङ्गी साहित्य समाज केन्द्री प्रतिनिधि मिरा ज्ञवाली र साहित्यकार असीम सागरको रहेको थियो भने विभिन्न संघसंस्थाबाट समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उत्घाटन तथा गजल महफिल कार्यक्रमको बारेमा महासचिव सन्तोष हरदमले प्रकाश प्रस्त्याएका थिए । प्रमुख अतिथि ज्ञवालीले साहित्यको बारेमा व्यापक विश्लेषण र साहित्यबाट उत्पन्न भएका विवाद समाधान गर्नुपर्छ र विवाद नगरौँं । साहित्य लेखौँ भन्दै आफ्नो शुभकामना व्यक्त गरेका छन् ।
विशिष्ट अतिथि मिरा ज्ञवाली र असीम सागरले पनी महत्वपुर्ण शुभकामना व्यक्त गर्दै शाखा उत्घाटनमा मन्तव्य राखेका थिए । गजल मफफिलमा पाँच गजलकारहरू गणेश खनाल (अर्घाखाँची),सपना डाँगी( रोल्पा),सानु कार्की (धनकुटा), भुमी क्षेत्री ( दाङ) र तारादेव शर्मा प्रदर्शन(सल्यान)बाट रहेका थिए । उक्त महफिलमा गजलकारहरूले दुई चरणमा पाँच गजल वाचन गरेको महासचिव सन्तोष हरदमले जानकारी दिए ।