२०८१ बैशाख २३

खेलकुद मैदान निर्माणका लागि जनस्तरबाट जग्गा खरिद

रोल्पा, सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को पोखराधारामा खेलकुद मैदान निर्माण हुने भएको छ । खेलमैदान निर्माण गर्न स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरुले आर्थिक संकलन गरी जग्गा खरिद गरिसकेका छन् । समग्र ३ नं. वडा तथा चन्द्रप्रभा मा.वि. मिझिङको खेलकुद विकासको निम्ति खेलमैदान निर्माण गर्न लागेको हो ।
जग्गा खरिद तथा खेल मैदानका निम्ति भुपनारायण घर्तीमगरले रु. १०००००•०० (एक लाख) जीत बहादुर महरा रू २५०००•०० ( पच्चीस हजार) ओम प्रकाश बिष्ट रू २५०००•००( पच्चीस हजार) ठगेन्द्र के सी रू २००००•००( बीस हजार)
दुर्गा प्रसाद रोका रू १००००•००( दश हजार)
बम बहादुर पुन रू ४६००•००( चार हजार छ सय) खीम बहादुर घर्तिमगर:- रू ४०००•००(चार हजार)
कृष्णराज वली रू ३०००•००(तीन हजार)
डम्बर सुनार रू २५००•००(पच्चीस सय)
घनश्याम महरा रू १०००•००(एक हजार)
गुमान सिं पुन रू १०००•००( एक हजार)
गणेश थापा रू १०००•००(एक हजार)
लेम बहादुर पुन रू ५००•००(पाँच सय)
बुद्धिराम सुनार रू ५००•००(पाँच सय) पुरुषोत्तम सुनार रू १०००•००(एक हजार) र
गौमन महरा रू १०००•००(एक हजार)
जम्मा रू २००१००•००(दुई लाख एक सय) चन्दा संकलन
गर्नु भयो।

यसैगरी सामाजिक बिकासमा योगदान गर्दै आउनु भएका रोल्पाका पिता अर्थात् पूर्व मन्त्री बालाराम घर्तीमगरले खेलकुद मैदान बिस्तार गर्ने स्थानमा जोडिएको आफ्नो जग्गा मध्यबाट आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ।
यस्तै खेलमैदान निर्माण कार्य सम्पन्न गर्न सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष श्री गुणेन्द्र घर्तीमगरले रु. ८ लाख बजेट विनियोजन गर्नुभएको छ ।

गाउँ समाजको बिकासका निम्ति सबै ब्यक्तिगत तथा राजनैतिक स्वार्थ भन्दा माथि उठ्दै एक भएर लाग्न चन्दादाताहरूले अनुरोध गर्नुभएको छ। उहाँहरूका अनुसार सामाजिक बिकास र मानव कल्याणका निम्ति सबैको ऐक्यबद्धता अपरिहार्य छ ।

उक्त खेलकुद मैदान निर्माणका निम्ति जग्गा खरिद कार्यमा समाजसेवी सिमबहादुर विष्ट, वडा नं ३ का वडा सदस्य तेजकुमारी विष्ट, अधिवक्ता फत्तेप्रचण्ड घर्तीमगर, सुरज घर्तीमगर, साजन कुमार थापा, मानसिं कामी र ज्योति घर्तीमगरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।