२०८१ बैशाख २३

सोकोसहरुका लागि तिन दिने वित्तीय व्यवस्थापन तालिम सम्पन्न

२४ पौष,रोल्पा । नेपा बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का महासचिव दामोदर अधिकारीले सहकारीलाई प्रबद्र्धन र नियमन गर्ने जिम्मा राज्यको भएकाले सम्पुर्ण सहकारीलाई कडाईका साथ नियमनको दायरामा ल्याउनुका साथै प्रबद्र्धन र विकासमा जोड दिनु पर्ने बताएका छन् । अधिकारीले नेफ्स्कून फिल्ड कार्यालय दाङ द्वारा रोल्पाको सुलिचौरमा आयोजना गरेको ३ दिने वित्तीय व्यवस्थापन तालिमको समापन कार्यक्रममा यस्तो विचार व्यक्त गरेका हुन् ।


तालिम समापन समारोहका प्रमुख अतिथि सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगरले सहकारीहरुको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले स्पस्त कानुन निर्माण गरीसकेकाले सहकारी संघ संस्थाहरुको तात्कालिक समस्याहरुबारे जानकारी गराई योजना निर्माणमा सहयोग गर्न सहकारी अभियान्ताहरुलाई अग्रह गर्दै पालिकाबाट हुन सक्ने सहयोगमा कुनै कन्जुस्याई नुहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तालिम समापन समारोहमा जिल्ला बचत संघ रोल्पाका सचिव फत्तेप्रचण्ड घर्तीमगर,जिल्ला बचत संघ रोल्पाका सचिव कर्ण बहादुर गिरी(आकाश),रोल्पा उद्योग वणिज्य संघका महासचिव मिलन रोकामगर लगायतको आतिथ्यता रहेको थियो ।
पौष २२ गते देखी शुरु भएको तालिममा रोल्पाका १२ बचत तथा ऋण सहकारी संस्था(साकोस)का २० जनाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । विशेष गरेर साकोसहरुले वित्तीय कारोवार गर्ने भएकाले साकोस लक्षित तालिम सन्चालन गर्नु परेको नेफ्स्कून फिल्ड कार्यालय दाङका इन्चार्ज वेद प्रसाद भट्टराईले बताए ।


सहकारी विभागको सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारीहरु क्रियाशिल रहेका छन् । देशभरीकाका क्रियाशिल सहकारीहरुले ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय तिन रुपैयाँ शेयर पुँजी,४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय त्रिहत्तर रुपैयाँ बचत निक्षेप संकलन गरी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय एकासी रुपैयाँ ऋण प्रबाह गरेका छन् ।
मुुलुकभरीका ७३ लाख ७ हजार चार सय ६२ जना व्यक्तिहरु सहकारीमा सदस्यता लिएका छन् भने ८८ हजार ३ सय ९ जनाले प्रत्यक्ष रोजगारी पाएको समेत विभागको प्रतिवेदनमा उल्लेख गरीएको छ ।