२०८१ जेष्ठ ५

सुनिलस्मृतिमा अक्सिजन सहितको आइसुलेशन सेन्टर सुचारु

२६ बैशाख,रोल्पा । सुनिलस्मृति गाउँपालिका रोल्पाले तैयार गरेको १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर आइतबार एक कार्यक्रमका विच उत्घाटन गरीएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले सेन्टरको उत्घाटन गरेका हुन् ।
सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा पालिकाको पहलमा तैयार गरिएको आइसुलेसन सेन्टर उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडा नं. २ वडा अध्यक्ष, स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको गाउँपालिकाका प्रेस संयोजक अशिष भारद्धाजले बताए ।
आइसुलेसन सेन्टरमा डा. प्रकाश भारतीको नेतृत्वमा २ जना स्टाफ नर्स, १ जना ल्याव टेक्निसियन, २ जना कार्यालय सहयोगी रहेने गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ । सेन्टरमा आवश्यक पर्ने थप सामाग्रिहरु मगाइएको र आवश्यकता सामाग्रिहरुको अभाव हुन नदिन अध्यक्ष घर्तीले स्वास्थ्य शाखालाई निर्देशन गरेका छन् ।


गाउँपालिकामा कतै संक्रमित देखिएमा संक्रमितको घर देखि आइसुलेसन सेन्टरसम्म ल्याउन निःशूल्क एम्वुलेन्स सेवा समेत व्यवस्था गरिएको छ ।