२०८१ जेष्ठ ५

प्रिय नर्स…………………………….(कविता)

म मृत्युसँग हारेर फर्किएको लास थिएँ ।
मेरा अभागी आँखाहरू उघ्रुन र कसरी?
उनीहरूले त मृत्यु रोजिसकेका थिएँ ।
म भेन्टिलेटरमा बेहाल रात कटाउदैँ थिएँ ।
जब तिम्रो कोमल हातहरूले
मलाई स्पर्श गर्न थाले
तब चीर निद्राबाट अर्धमुर्छित आँखाले तिमीलाई
अनायस सलुट गरिरहेका थिएँ ।
तिम्रो भोको मुहार र अनिँदा आँखाले
मलाई गिज्जाइरहेका थिएँ ।
प्रिय नर्स………………………
तिमी हारेका थियौं तर हार मानेका थिएनौं ।
बरू मलाई विजयको कहानी सुनाउथ्यौँ ।
हाँक र आँटले भरिएका स्वर्णीम सपना देखाउथ्यौँ ।
तिम्रा वरिपरिका थुप्रिएका सयौँ जिउँदा लासहरू
मृत्युसँग अन्तिम युद्वमा थिएँ ।
ती सबैको चीत्कार सुन्न सक्ने अदम्य साहसले भरिएकी
ममताकी खानी थियौं ।
प्रिय नर्स………………………
तिम्रो लागि रात र दिन उस्तै उस्तै लाग्थे ।
भोक ,निद्रा र थकाइ पराइ जस्तै लाग्थे ।
अनिदा आँखा र अलिनो मुहारले
कहिले मुस्कुराएर त कहिले तोलाएर
बाँच्नुको सार्थकता सुनाउथ्यौँ ।
मैले ओगटेका बेड र तन्नाहरू
छिनिछनमै चिसिएर रितिन्थे ।
तिमी हतारहतार नयाँ तन्नाले मलाई रंगाउथ्यौँ ।
सेकेण्ड,सेकेण्डमा म सिद्वन्थे र मर्थे ।
मर्नु अगाडि तिमी मेरो बाटोमा ठिङ्ग उभिएर रोक्थ्यौँ ।
एक मुठी गलेको सास बिर्सनु थियो फेर्न तर
सिद्विएको आसा ढलिसकेको शिर र थलिएको सपनामा
एउटा उज्यालो दीप बाल्न आईपुग्थौँ ।
प्रिय नर्स……………..
छेउछाउका कैयौं मानिस मरेर सिद्विन्थे
अस्पतालका चारै दिवारहरू अँध्यारो मुख बनाएर चीत्कार छोडेको आवाजले
मन ओछ्यानमा थिएन्
म वेडमा पनि थिएन् ।
म बेरिसकेको थिए कात्रोमा
मेरो छेउमा न बिलौना थियो कसैको
न मलामी थिए मेरा
चिहान बनेको थियो मेरो वेड ।
चिता बनिरहेको थियो मेरो ओछ्यान ।
म मर्दै र बाँच्दैँ थिएँ ।
ब्यूझिएर होसमा फर्केका मेरा पाइतालाहरू
निशाको रातबाट हतारहतार फर्केका थिएँ ।
प्रिय नर्स……………………….
थाकिसकेका मेरा विक्षिप्त दृश्यहरू
तिम्रो मुहारतिर हेर्न आतुर थिएँ ।
फेर्न छोडिसकेको सासमा
जबरजस्ती सिलिन्डर प्राणवायु जोड्दैँ थियौ
म हपहप गर्दै इसाराले भन्थे,
“भो भइगो छोडिदेऊ यी सब
म फर्किन सक्दिन्
म हारिसके ,“
तर तिमी मलाई साहस र आँटले भरिएका वाणी
सुनाउथ्यौँ ।