२०८१ जेष्ठ ५

सुलिचौर-रुइनिवङमा “नेपाल मास्क अभियान” सञ्चालन (फोटो फिचरसहित..)

रोल्पा, सुनिलस्मृति गाउँपालिकाको नेतृत्वमा शुक्रबार बिहान सुलिचौर र रुइनिवाङ बजारमा “नेपाल मास्क अभियान” सञ्चालन भएको छ । दुबै बजारका व्यापारी तथा सर्वसाधारणहरुलाई मास्क वितरण गर्दै कोरोना भाइरसबाट बच्न सबैलाई अनिवार्य मास्क लगाउन आग्रह गरिएको थियो ।
“महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता”, “म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु” र “म जिम्मेवार नेपाली” जस्ता नारा लेखिएका व्यानर एवं प्लेकार्डहरुसहित बजार परिक्रमा गरिएको थियो ।
उक्त अभियानमा इलाका प्रहरी कार्यालय, सुलिचौर, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर, साहस नेपाल, सुलिचौर, परिवर्तनका लागि साझा प्रयास समूह, सुलिचौर, रोल्पा लगायतका संघ/संस्थाहरुको समेत सहभागिता रहेको थियो ।
पछिल्लो समयमा बढिरहेको कोरोना भाइरसबाट बच्न र बचाउन उक्त अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष घर्तीमगरले बताउनुभयो ।
प्रस्तुत छ, सोही अभियानमा लिइएका केही तस्वीरहरु….