२०८१ बैशाख २३

थबाङमा नेकपाकाे राजनैतिक, बैचारिक प्रशिक्षण


थबाङ,राेल्पा । नेपाल कम्युनिस्ट पार्टी नमुना जिल्ला थबाङको आयोजनामा संयुक्त राजनैतिक / बैचारिक प्रशिक्षण कार्यक्रम सहिद स्मृति सभा हल थबाङ रोल्पामा सप्पन्न भएको छ । थबाङ गाउँपालिका अन्तर्गत उवा, मिरुल , थबाङका पार्टी सदस्यहरु र पुर्बी रुकमका अगुवा कार्यकर्ता बिचको संयुक्त राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगर (क. बिषम ) लगायत पार्टीका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज क.सुभाष , पुर्ब केन्द्रिय सदस्य प्रवेश राेकामगर क.छिरिङ ,रोल्पा जिल्ला विशेष कमिटी सदस्य क.प्रयास रोल्पा जिल्ला सेक्रेटरी क.मानव थबाङ पुगेका हुन ! प्रशिक्षण दिदै पार्टी सचिबालय सदस्य बुढा मगर ले पार्तिले लिएको जनमतसङ्ग्रह को कार्यनीति लाई जनता सम्म पुर्याउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छ्न । बैज्ञानिक समाजबाद स्थापनाका लागी एकीकृत जनक्रान्ती कार्यदिशा लिएर अगाडि बढेको पार्टीका कार्यकर्ता हुनुको नाताले पार्टीको निति जनता सम्म पुर्याउने मुख्य जिम्मेवारी रहेकोले त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिएका हुन !

प्रशिक्षण मा सहभागी थबाङ गा.पा.१ का अजय घर्ती , २ का तिर्थनारायण मिझार , ३ बालचन्द रोका , ४ का हिकमत रोका, ५ का अमृत घर्ति, र पुर्बी रुकुम मा सेक्रेटरी क. जुद्द ले आ- आफ्नो कार्य क्षेत्रको रिपोर्टिङ गरेका थिए । पार्टीका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज क.सुवास को अध्यक्षतामा भएको राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रमको सञ्चालन नमुना जिल्लाका सेक्रेटरी अमित घर्तीमगरले गरेका थिए।