२०८१ जेष्ठ ६

रेमिटेन्स हराएको मान्छे।

-प्रकाश तिवारी                                                             ठुला-ठुला भासण हुन्छ।लाखौ मान्छे जम्मा हुन्छन तर ती ठुला भासणमा बिदेशमा मरेका कुनै नागरिकको सम्बोधन हुदैन। आफ्नो हातमुख जोड्न बिदेश पसेका नागरिकलाई आज भोलि नागरिक भनिदैन।नागरिकता राज्य ले दिय पनि नागरिक को दर्जामा राख्दैन ।
किन कि उ बिदेश छिरीसक्यो।उस्ले कुनै पार्टिको आमसभामा सहभागीता जनाउन सक्दैन।सत्ता पक्ष र प्रतिपक्ष भयर सडक मा उत्रिएर ढुङ्गा मुढा गर्न सक्दैन भौतिक संरचना भत्काउन सक्दैन।सायद त्यसैले होला,आज भोलि बिदेशमा पसिना बगाउनेहरु अघोषित रुपमा नेपालि नागरिक बाट निष्कासन गरिएको छ।उनिहरुलाई नागरिक भन्न सत्ता डराउछ हिचकिच्याउछ।

उस्ले बिदेशमा बस्ने नगारिकको समस्या सम्बोधन गर्नलाइ हिचकिच्याउछ।उस्ले उस्को सुरक्षा लाई प्राथमिकता दिनुपर्छ।भन्ने आवश्यकता थान्दैन,उस्ले त केवल रेमिटेन्स पठाउने मेसिक को रुप मा मात्रै गन्न थालेको छ ।

आदरणीय बिदेश मा बस्ने सथिहरु तपाईंहरु हवाई जहाज चढिसकेपछी तपाई अघोषित रुपमा नेपाली नागरिक बाट निष्कासन हुनुभएको छ। हजुर नागरिक होइन, रेमिटेन्स पठाउने तपाई मेसिन हो । त्यसैले हजुरहरुले म नेपाली नागरिक हु भन्ने घमण्ड नगर्नुहोला।

तपाईको यदि कुनै कारण वश बिदेश मा मृत्यु भए राज्यले नेपाली नागरिकको मृत्यु भयो भन्दैन,उस्ले त केवल बिदेश मा काम गर्ने कामदार को लास आयो भन्छ। उस्को परिवारको दुख देख्दैन उस्को श्रीमती/ श्रीमान ,आमाबुवा, छोराछोरी समग्र परिवार को आशुको अन्दाज गर्दैन।बस् वर्षको अन्तिममा भन्छ यति प्रतिशत ले रेमिटेन्स घट्यो।उस्को योगदानको कुनै कदर गर्दैन।