२०८१ जेष्ठ ६

महिलाहरुकोलागि तीज विशेष

महिलाहरुकोलागि विशेष तीज पर्वले चिनिने एक महत्वपूर्ण चाड हो । विशेष गरी महिलाहरुसँग जोडेर यसको वारेमा कहँदा पुरातन तथा आध्यात्मसँग जोडेर हेर्न सकिन्छ । यसको परम्परागत महत्व फरक खालको छ । अध्यात्ममा कथित हिमालय पुत्री पार्वतीले भगवान शिवलाई प्राप्त गर्नकोनिम्ति गरेको व्रत तथा तपस्या र त्यस पछिको प्राप्तीसँग जोडिएको परम्परा निकै पुरानो रहेको छ । पार्वतीले शिवलाई श्रीमानको रुपमा पाउदा उनको जीवनको तपस्या पछिको खुसीको दिनलाई नै विशेष दिन मानेको पाईन्छ । यहि खुसी र उल्लासमय दिनलाई नै तीज तथा हरितालिका भनेर पर्वको रुपमा मनाएको पाइन्छ । नेपाली हिन्दु महिलाहरुले मनाउदै आएको तीजको वारेमा छोटो विश्लेषण गरौं ।
तीज तथा हरितालिकालाई पार्वती र शीवसँग जोडेर विश्लेषण गरे झैं पञ्चमी जुन तीज को तीन दिन पछि पर्ने दिन हो यो दिन पनि महिलाहरुले व्रत बसेर पुजा गरी भव्य रुपले मनाउने गर्दछन् । पञ्चमीको पुजा विशेष गरी महिलाहरुको रजस्वला भएको समयमा चुलाचौका वा अन्य सामग्रीहरुसँग छुवाछुत भएको भए यो पापलाई कटाउने परम्परासँग सम्वन्धित रहेको पाइन्छ । विभिन्न विषय वस्तु वा चाडवाडहरुको वारेमा पुरातन जोडिए पनि समयको परिवर्तनसँगै अहिले तीज पञ्चमीलाई मनाउने परम्परा पनि बदलिएको छ ।
हामी मानवजातिहरुले हाम्रा सस्कृति र सस्कारहरुलाई जति पनिमनाउदै आएकाछौ यी सबै मानव विकाससँग विकसित हुदै आएको एक ऐतिहासिक परम्परासँग काहि न काहिं जोडिएको छ । किनकी हामीले हरेक विषय वस्तुको वारेमा अध्ययन गर्दा हाम्रा हिजो देखि चलिआएको सस्कृतिसँग जोडेर अध्ययन गर्नु पर्दछ । परिवर्तित समयसँग मान्छेको जीवन शैली परिवर्तन हुनु स्वभाविकै प्रक्रिया हो परम्परा देखि चल्दै आएको तीज पञ्चमी लगायत अन्य चाडपर्वहरुको इतिहास, मूल्य र मान्यता आ–आफ्नै प्रकृतिको रहेको छ । यी सम्पूर्ण चडपर्वहरुले धर्म र सस्कृतिको मूल्य र मान्यता अनुरुप हिजो जे जसरी मनाईन्थ्यो अहिले त्यहि किसिमले हु–वहु नभएर समयको परिवर्तनसँग केहि परिवर्तन भने देखिन्छ ।
अहिले विश्व विज्ञान र प्रविधिले धेरै अगाडी बढेको छ । यहाँ कहिले काहि त सस्कृति र सस्कारलाई जोगाउन पनि कठिन परिस्थिति आउछ कि भन्नेमा संङ्कहरु उत्पन्न हुन थालेकाछन् । अब नेपालीहरुले मनाउने चाडपर्वहरुको विस्तारै दिन आउदैछन् । यी मध्ये तीज पहिलो र उपङ्गीलो पर्व हो । यसमा विशेष गरी महिलाहरुले पुजाआजा गर्ने व्रत वस्ने देखि लिएर नाचगान गरेर रमाईलो गर्ने गर्दछन् । यतिबेला महिलाहरुलाई सरकारको तर्फबाटसरकारी विदाको व्यवस्था पनि गरिएको छ । हामीले जहिले पनि २१औं शताव्दीका महिला भनेर थुप्रै बखानहरु पनि फुक्यौ,ं तर सस्कृति र परम्पराले थोरै पनि नियन्त्रण भने गर्दछ । मानवजातिले उसृङ्खल भएको र छाडा तरिकाले जीवन व्यतित गरेको सुहाउदैन । समय र परिस्थितिसँग समाजमा भए गरेको काम कुराहरुको मान मर्यादा भने राख्नु पर्दछ ।
पछिल्लो समय तीजको आगमनसँग यसको वारेमा वा यसको औचित्य माथि बहस हुन थालेकाछन् । बहस हुन आफैमा नराम्रो होईन । मात्र मुर्त र अमूर्तताको सन्दर्भमा हो । सामान्यतया हाम्रो समाजमा पनि पच्ने गरेर भन्दाखेरी यो तीज पर्व पुर्खाबाट पाएको हाम्रो अमूल्य विरासत हो । यसमा हामीले गर्व गर्नु पर्दछ । तीज पर्वलाई अग्रगमनका नाममा लोकसंस्कृतिको खारेजी भने गर्नु हुदैन । हामीले हाम्रा सास्कृतिक पर्वलाई आफ्नो स्थिति र हैसियत अनुसार मनाउनु पर्दछ र रमाउनु पर्दछ । कुनै पनि पर्वहरुले सामाजिक, सास्कृतिक र पारिवारिक एकता र सद्भाव बढाउने काम गर्दछ । आफन्त बीच परिचित हुने, आफ्ना अग्रज र पुर्खालाई स्मरण गर्ने वातावरणको सिर्जना गर्दछ । यस्ता गतिविधिले एक्लो हुँदै गएका आजका मान्छेलाई समुदायिक र साभाm भावनाको विकास गराउछ । कतिपय कुरा भावनात्मक हुन्छन् र यस्ता भावनात्मक कुरा मानव जीवनमा नभै नहुने कुरा हुन् । यी र यस्ता सास्कृतिक परम्पराहरुलाई हिजोका पुर्खाले हामीलाई जिम्मा दिए झै भोलीका सन्तानहरुलाई हामीले छोडेर जानु पर्दछ । त्यसैले हामीले हाम्रालाई दिने भने को नै सस्कृति हो । अरुको सस्कृति अपनाउनु भनेको हामीसँग केहि नहुनु सरह हो ।
तीज पर्वलाई हिजोको ऐतिहाँसिक विरासतको पृष्ठभूमिमा टेकेर सामान्य रुपले निम्न वर्गको परिस्थिति देखि लिएर उच्च वर्गको हैसियत सम्मकोलाई सुहाउने गरी मनाउनु यसको औचित्य हो । आफ्नो इच्छा अनुसार लाउनु र खानु व्यक्तिको स्वतन्त्रताको कुरा भए पनि संस्कृतिको नाममा गरिने भद्धा क्रियाकलापले यस्ता चाडको औचित्य माथि प्रश्न उठ्ने गर्दछन् । महङ्गा गहना, महङ्गा साडी, भद्धा श्रृङ्गार, भड्किलो गीत, उत्श्रृङ्खल नाच आदिले तीज पर्वलाई सर्वसाधारण महिलाहरुको पहुँच भन्दा माथि उठ्ने देखिन्छ । यस्ता गतिविधि र क्रियाकलापले तीजलाई नकारात्मक तर्फ धकेलिने डर हुन्छ ।
तीज पर्वलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लैजानु हाम्रो मौलिक अधिकार हो, लानु पर्दछ । शिक्षित र सभ्य समाजमा हुर्कीएका आधुनिक महिलाहरुले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवम् संस्कारयुक्त बनाउनु पर्दछ । आधुनिकिकरण गर्ने नाममा भड्किलो र असभ्य बन्नु र बनाउनु हुदैन । आफूलाई आधुनिक र शहरिया मान्ने महिलाहरु आफ्नो व्यक्तित्व झल्काउनु भन्दा पहिले एक पटक आफू भन्दा दोश्रो स्थितिको महिलाको वारे पनि अध्ययन गर्न जरुरी देखिन्छ । भड्किलो तरिकाले तीज मनाउने महिलाहरुले गर्दा निम्न वर्गका महिलाहरुमा निराशा उत्पन्न हुने गर्दछ र उनीहरुको तीज–पञ्चमी खल्लो हुने गर्दछ । यसले पूर्ण रुपमा तीजलाई नकारात्मक वाटोतिर धकेल्न बल पु¥याउछ ।
इज्यत, सभ्यता र सुन्दरताकालागि तीजलाई भड्किलो पाराले मनाउन जरुरी छैन । यसले हाम्रो समाजमा सामाजिक, पारिवारिक, आर्थिक र मानसिक असर गर्दछ । यस्तो व्यवहारले हाम्रो मौलिक सस्कृतिलाई ओझेलमा पर्दछ । यसकारण तपाइ–हाम्रो घर–समाजमा भित्रीएको तीज पर्वलाई सस्कृतिका रुपमा सम्पूर्ण दिदी बहिनीहरुलाई समानताका आधारमा पच्ने गरी आ–आफ्नो स्थिति र अक्ष अनुसार मनाऔं र रमाऔं ! यो पर्वको सास्कृतिक महत्वको जगेर्ना गर्न विक्रितिहरु हटाउदै जाऔं । विग्रदै गएका सम्वन्धलाई प्रगाढ बनाउन तिर लागौं । सबैलाई आदर सत्कार गरी स्वतन्त्र रुपले धक फकाएर नाचौं गाऔं ! सम्पूर्ण नेपाली महिला आमा–हजुर आमा, दिदी–बहिनीहरुमा तीजको शुभकामना !