२०८१ बैशाख २३

ऐतिहासिक छैटौं राेल्पा जिल्ला सम्मेलन र यसको नेतृत्व !

कमरेड सन्दीप 

राेल्पा । नेपालमा वैज्ञानिक समाजवादी व्यावस्थ्या स्थापनार्थ पुनर्गठित भएको हाम्रो जनप्रिय पार्टी नेकपाको वडा समेलन हुँदै जिल्ला समेलनहरु सम्पन्न भएका छन् । रोल्पामा पनि वडा हुँदै जिल्ला सम्मेलन वि.सं. २०७९ भाद्र २७ देखि २९ गतेसम्म सम्पन्न गरेका छांै ।                त्यो ऐतिहासिक छैटौं जिल्ला सम्मेलन सम्पन्न गर्नको निम्ति रात दिन मेहनत गर्ने आदरणीय र सहयोद्धा कमरेडहरु, पार्टी वडा कमिटीदेखि गाउँ कमिटीका प्रिय कमरेडहरु, हाम्रो पार्टीका पार्टी सदस्य, समर्थक, शुभ चिन्तक र आम रोल्पाबासी जनसमुदायप्रति आत्मैदेखि आभार व्यक्त गर्दछौँ । साथै आर्थिक सयोग गर्नु हुने कर्मचारी, शिक्षक, बुद्धिजीवी, व्यापारी र आम सयोगीदाताहरुलाई पनि विशेष धन्यवाद छ । यसका अतिरिक्त तपाईंहरुको अमूल्य सयोगलाई कुनै पनि हालतमा खेर जानदिने छैनौं । एक पटक नेपाललाई बदल्ने आट गरेका छौं । त्यसैले त हामी तीन दिनसम्म बहस र छलफलमा जुट्यांै अनि रोल्पाको पार्टीलाई जनताको पार्टी कसरी बनाउन सकिन्छ ? हामी साच्चिकैको कम्युनिस्ट कसरी बन्ने ? यावत प्रकारका गम्भीर विषयहरुमा बहस छलफलबाट हामी नयाँ उचाईमा पुगेका छौं । हाम्रो महान विचार र गहिरो भावनाको उचित समायोजन गरेका छौं । रोल्पाको कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलो महिलाको रुपमा आदरणीय महान शहीद कमरेड ज्वारकी जीवन संगिनी कमरेड असिनालाई नेकपा रोल्पाको पार्टी कमिटीको सचिवमा सर्वसम्मत निर्वाचित गरेका छौं । हामी निकै खुसी पनि छौं, किनकि कमरेड ज्वारसँग २०५९ सालदेखि उहाँको सहादत नहुँदासम्म लामो सहकार्य भएको थियो । कमरेड ज्वारले हामीलाई इमानदार बन्न सिकाउनु हुन्थ्यो, हामिलाई आफ्नो बच्चा झै माया गर्नु हुन्थ्यो । मैले पनि आफुलाई जन्म दिने बुवा र आमाको भन्दा बढी नै सम्मानसहित माया गर्थें । मैले उहाँलाई भन्थें, ज्वार सर हाम्रा नेता र सैन्य कमान्डरहरु तपाईं जस्तै इमानदारी भैदिए कति राम्रो हुन्थ्यो । तपाईंको मसिनो बोली र मयालु स्वभावको कारणले तपाईंका सदस्यहरु तपाईंप्रति लालायित छन् । सर तपाई जुन फर्मेसनमा पर्नु हुन्छ, मलाइ तपाईंसँगै लैजानु होला, भनेको थिएँ । मलाई जहिले पनि आफ्नै फर्मेसनमा पार्नुहुन्थ्यो । म कमरेड ज्वारको फर्मेसनमा परेको जानकारी पाउन साथ धेरै खुसी हुन्थें तर के गर्ने युद्धको नियमले त्यो कुरा नमान्दो रहेछ । अर्घाखाँची जिल्लाको खनादह भन्ने ठाउँमा तत्कालीन शाही हत्याराहरुसँगको दोहोरो भिडन्त हुँदा कमरेड ज्वारको टाउकोमा गोली लागेर सहादत भयो । कमरेड ज्वार ढल्दा म पनि उहाँकै छेउनीर थिएँ, कमरेड ज्वारको टाउकोमा गोली लागेर टाउको फुटेको हुनाले उहाँको गिदी भरी सबै भुइँमा झ¥यो । हेर्दाहेर्दै कमरेड ज्वारले संसारै छोडेर जानु भयो । मैले नै कमरेड ज्वारको त्यो भुइँमा पोखिएको गिदीलाई त्यही फुटेको टाउकोमा कोचारी दिएँ र अन्तिम श्रद्धाञ्जली दिँदै दाह संस्कार गरेर छोडियौं । मैले भन्न खोजेको के हो भने कमरेड ज्वार बाँच्दासम्म त मलाई आफैसँग काम गर्ने र गराउने बाचा गर्नु भएको थियो तर पापी दुष्टहरुले उहाँलाई यो धर्तीमा रहन दिएनन् र हामी बाँचेकाहरुले पनि कमरेड ज्वारको जस्तै उच्च बलिदान गर्ने सौभाग्य नपाए पनि हामी उहाँले देखाएको बाटोमा निरन्तर रुपमा अगाडि बडिरहेका छौं । हो, हाम्रो सम्मेलनले कमरेड ज्वारकी जीवन संगिनी कमरेड असिनासँग एउटै कमिटीमा रहेर काम गर्ने सुअवसर जुटाइ दिएको छ । कमरेड ज्वारसँग अहिलेसम्म सहकार्य गर्न नपाए पनि कमरेड ज्वारकै जिल्ला र कमरेड ज्वारकै जीवन संगिनी कमरेड असिनासँगै पार्टी र क्रन्तिको काम गर्न पाउँदा गर्वको अनुभूति भएको छ । हामी साच्चैकै रोल्पालाई क्रान्तिकारीहरुको आधार इलाका बनाउने हरदम प्रयास गर्ने छौं । तपाको नेतृत्वमा एकीकृत जनक्रान्तिको योद्धा बनेर अवसरवादी, पार्टी विपरीतको विरुद्ध, दलाल संसदीय व्यवस्थाको विरुद्ध जमेर संघर्ष गर्ने छौं । कमरेड असिना दिदीलाई सलाम छ र हार्दिक बधाई अनि सफल कार्यकालको लाखौंलाख शुभकामना छ, शुभकामना छ ।