२०८१ जेष्ठ ६

उमेश घर्तीमगरको सालैजो एल्वम “रमाइलो गाम” सार्वजनिक

रोल्पा । नव सर्जक उमेश घर्तीमगरको रमाइलो गाम नामक सालैजो गितको एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । जनता माध्यमिक विद्यालय गाम रोल्पाको प्राङ्गनमा भएको कार्यक्रमको आयोजक लेकबेशि यूवा क्लव गाम रहेले गरेको हो ।
सुनछहरी गाउँपालिका ३ मौलावन गाम निवासि उमेश घर्तीमगर द्वारा रचित गितमा चर्चित लोक दोहेरी गायिका राधिका हमाल र सर्जक उमेश घर्तीमगरको स्वर रहेको छ भने संगित कृष्ण पुनको रहेको छ ।
पुर्बि रोल्पाका चर्चित ठाउहरू तिन कोठिभिर,सुनछहरी झरणा विबाङ दह गाम हुँदै सातदोबातो ढुङ्गे बगैँचा सदरमुखाम लिबाङ सहित मायाँ प्रेम सँग सम्बन्धित शब्दहरू संकलित एल्वममा सालैजोको लय समाबेश गरिएको छ ।

बुवा भिम बहादु घर्तीमगर र आमा दुर्मि घर्तीमगरको कोखमा बिक्रम सम्बत २०६० साल बैशाख १० गते गामको मौलाबनमा जन्मिएका उमेश घर्तीमगर जनता माध्यमिक विद्यालय गाममा कक्षा १० मा अध्यनरत विद्यार्थि समेत हुन ।
जनता माध्यमिक विद्यालय गामका अध्यक्ष निला गुरूङ,शिक्षक अभिभावक संघका अध्यक्ष उदविर घर्तीमगर,प्रधानाध्यापक बागविर घर्तीमगर नेकपाका जिल्ला सदस्य रमेश बुढामगर,नेपाली काङ्ग्रेस गामका सभापति देउसिङ घर्तीमगर जनता समाजवादी पार्टीका प्रतिनिधि आसमा् बुढामगर,मंगोल नेश्नल अर्गनाइजेशनका प्रतिनिधि गौ बहादुर घर्तीमगर,लेकबेशि यूवा क्लवका संस्थापक अध्यक्ष मनोज घर्तीमगर लगायतले नव सर्जक उमेश घर्तीमगर लाई प्रगतिको शुभकामना ब्यक्त गरेका छन् ।