२०८१ जेष्ठ ६

रामकुमारी झाक्री जस्तै निडर र साहसी बन्नु छोरी।जन्मदिनको अर्बौ शुभकामना !

डियर प्यारी छोरी रितीका,असिम माया तथा आशीर्वाद।तिमिलाई काँधमा राखेर दुलाउदा,काँधभरी पिसाब फेरिदिएको अस्ति जस्तो लाग्छ।तर हेर्दाहेर्दै ७ वर्ष पुगिसकिछौ।पोहोर साल तिम्रो जन्मोत्सव मनाउने योजना बनाइरहदा तिम्रो जन्मदिनको अघिल्लो हप्ता म दुर्घटनामा परेर मनाउन पाइन्।तर अहिले तिम्रो जन्मोत्सव हर्षउल्लासका साथ मनाउन खतिरहेको छु।औपचारिक जन्मदिनको अवसरमा दिइने शुभकामना तथा आशीर्वाद केहि विशेष देखिने भएर औपचारिकता निभाएको मात्र हो।नत्र हर बुवाआमाको लागि आफ्ना सन्तानको हरेक खुसि उत्सव सरह नै हुन्छ।भन्ने कुरा मैले मेरो बुवाआमा बाट सिकिसकेको छु।जिवन्त मेरो अशेष आशीर्वाद निर्विकल्प तिमिलाई छ।

छोरी,म तिम्रो यो युगको चेतनशिल बुवा हु।तसर्थ मलाई तिमी यो वा त्यो बन्नुपर्छ भनेको छैन/भन्दिन।परन्तु मेरो छोरी यस्तो बनिदिए हुन्थ्यो।भन्ने लाग्नु हरेक बुवाआमाको साझा अपेक्षा हुन्छ।मेरो अपेक्षा पढाईमा तिमि सामान्य तरिकाले पास भइदिए हुन्थ्यो।भन्ने थियो।तर तिमी स्कुल नै टप्छौ।म सङ्ग यो खुसी र गर्वको कुराहरु बयान गर्नसक्ने कुनै शव्दहरु नै छैनन्।हजुरबुबा,हजुरआमा तथा काका काकिहरुले तिमिलाई खाजा खान दिएको पैसा खुत्रुकेमा राखेर जम्मा गर्छौ।आवस्यक कुराहरुमा मात्र खर्च गर्छौ।तिम्रो यस्तो बानीले म नै प्रभावित भएर आफ्नो निजि खर्चमा निकै सुधार र कटौती गर्न थालेको छु।निर्मला पन्त जस्ता सयौ छोरिहरुको क्रुर बलात्कार र हत्या भएको देखेर पोहोर सालको जन्मदिनमा तिमिलाई युरोपको एउटा नामुद विद्यालयको भर्ना उपहार स्वरुप दिने योजना बनाइरहेको थिए।दुर्भाग्यवश म दुर्घटनामा परेर त्यो उपहार तिमिलाई दिन सकिन्।माफ गरिदेउ छोरी।अब मैले तिमी १० वर्षकि भएपछि मात्र युरोपको कुनै नामुद विद्यालयमा भर्ना गराउने योजना बनाएको छु।अब तिमिले दशौ जन्मोत्सव मनाउदा मनाउदा उपहारमा तपसिल बमोजिमकै उपहार पाउनेछौ।

डियर छोरी,
तिमिलाई उचित शिक्षा संस्कार दिनु हामी बुवा आमाको नैतिक कर्तव्य हो।तर तिमिलाई हामी अनुकुल वा हाम्रो चाहना अनुसार बनाउन खोज्नु एउटा दासी स्वार्थ हो।हामी/म यस्तो स्वार्थी सामन्तवादी कसरी बनौला ? तर यी यावत चेतहरुका बाबजुद पनि मेरि छोरी रामकुमारी झाक्री जस्ति बनुन्।भन्ने झिनो आशा चाहिँ यो स्वार्थी बाउको मुटुमा अल्झिरहेको छ।तर यो अल्झनलाई तिम्रो स्वतन्त्रतामाथी कहिल्यै लाद्ने छैन्।निकट भविस्यमा तिमिले युरोप पढ या नेपाल नै तर राजनीति नगरेपनी रामकुमारी झाक्रीमा जस्तो चेत र हिम्मत चाहि हरेक छोरिहरुमा हुनुपर्दछ।जबसम्म हरेक छोरिहरु रामकुमारी बन्न सक्दैनन्।तबसम्म हरेक समाज र देशमा रावणहरु जन्मिरहनेछन्।छोरी,हाम्रो समाजका रावणहरुलाई परास्त गर्नुछ।रावणको भेषमा घुमिरहेका बलात्कारि हत्याराहरु बाट लाखौ निर्मलाको रक्षा गर्नुछ।यसर्थ पनि तिमी तिम्रो पुस्ताको रामकुमारी झाक्री बन्नुपर्छ।

मेरि छोरी रामकुमारी किन बन्नुपर्छ ?
रामकुमारीले कुशासन,अत्याचार र दमनका विरुद्ध आवाज उठाउदा उनि माथी सारा शक्तिहरु खर्चिदा पनि तत्कालीन सरकारले उनको कपाल हल्लाउन सकेन्।कारण , उनी सत्यको अगाडी निष्ठापुर्वक हिम्मतका साथ उभिइन्।शत्रुहरुले उनलाई अनेक लोभ आश्वासन धम्कि डरहरु देखाइरहे।तर अह ! उनी डगमगाइनन्।आफ्नो अडानमा चट्टानसरि उभिरहिन्।यस्तो हिम्मत र अडान लिनसक्ने महिला नेतृ नेपालले अर्को कुनै पाउन अर्को शताब्दी नै कुर्नुपर्ने हुनसक्छ।उनका अगाडिका कार्य र त्यसका प्रतिफलहरु हेर्न त बाकी नै छ।तर पनि मेरि छोरी रामकुमारी झाक्री जस्तै बनिदिए हुन्थ्यो भन्ने लाग्छ।

छोरी,हामी मान्छे रोबर्ट होइनौ।ताकी एउटा मान्छेको चाहा र इच्छा अनुसार त्यो रोबर्टले काम गरोस्।यो कुरा मैले एकदमै राम्रो सङ्ग बुझेको भएर नै म मेरो बुवा र आमाले चाहा बमोजिम बन्नसकिन्।तर अहिले मेरो बुवा आमाले मन नपर्ने वा घृणा गर्ने कुनै काम गरेको पनि छैन्।बस् ! तिमी मेरि छोरी हौ।म जस्तै गर्नु।अर्थात तिमिलाई आफ्नो स्वतन्त्रताको उच्चतम सदुपयोग गर्दै आफ्नो सुविचारले जे बन्न सल्लाह दिन्छ।त्यै/त्यस्तै बन्नु।तिमी जो/जे बनेपनी,मलाई रितिका मेरि छोरी हो।भनेर गर्वका साथ तिम्रो नाम लिनसक्ने मौका दिनु।जन्मदिनको खर्बौ शुभकामना तथा आशीर्वाद छोरी।

उहीँ तिम्रो ड्याडी/बुवा,
कविराज बानिया ´बेबि`