२०८१ जेष्ठ ५

७२२६ जनाले कोरोना जित्दा ६९३९ जना कोरोना संक्रमित थपिए

जेठ १३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । योसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ जना रहेको छ ।  आज ७ हजार २ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख १८ हजार ८ सय २९ जना रहेको छ । पछिल्लो चौबिस घण्टामा थप १०६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणकाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ जना पुगेको छ ।