२०८१ बैशाख २३

भरिया

सुख दुःख जीवन पथमा नाम्लो भिरी हिंडेको
जीवनको सकल दुखमा कष्टसँग भिडेको
दिन दिनै तन मन बेची कष्ट भोगिरहेछ आँखा मिच्दै
हरेक भोरमा भारि बोकिरहेछ
पाल्दै पोष्दै परिवारजन मायाँ दिइरहेछ
गास कोलो हातमुख जोडी प्राण् बचाइरहेछ
बल्ल तल्ल हात मुखमाथि साझ अनि विहान
चल्न छोडे भरियाको डेग खाली पेट जहान
बोकी भारी चौतारीमा बसी हावा खाइरहेछ
फर्कि आफ्नो थात बास कुटी फाँडो पिइरहेछ
सेवा गर्छ जनमानसमा भारी बोकी उसले
खेप्दै आको आजीवन पीर बुझिदेला कसले
बद्ढै जान्छ अक्षय औडाह विषादको सोपान
छैन आशा नवजीवनको निरिह छ जीवन
खेप्दै बोक्दै हिमाल तराइ चारमुख फिरेको
बोझ बोकी सडक बीचमा अचानक गिरेको
कथै बरा दुखित भरिया पसिनाले भिजेको
देख्छ कल्ले ह्रदय पतमा तिखा काँडा बिझेको
घोटी छाला बाजिएका नील भरियाको निसानी
पीर व्यथा सनातन छ त्यो कल्ले सुन्छ कहानी