२०८१ बैशाख २३

सुनछहरीमा रचना वाचन तथा प्रतिभा प्रस्तुति कार्यक्रम कमेडियन खबपुको विशेष प्रस्तुति रहने

पोबाङ,रोल्पा । सुनछहरी कला–साहित्य समाज सुनछहरी गाउँपालिका–५,पोबाङ रोल्पाको आयोजनामा रचना वाचन तथा प्रतिभा प्रस्तुति कार्यक्रम सुनछहरी गाउँपालिका गाउँकार्यपालिकाको सभाहलमा शुरु भएको छ ।
दशै तथा शुभ तिहार २०७९ को अवसरमा “विविध प्रतिभाहरुको संरक्षण र पहिचान ! सुनछहरी कला–साहित्य समाजको अभियान !! भन्ने मुल नाराका साथ सुनछहरी गाउँपालिकामा स्थाइ ठेगाना भई विभिन्न क्षेत्रमा स्थापित कलाकार एवं साहित्यकारहरुको प्रस्तुति साथै स्थानिय स्तरमा जुरमुराइ रहेका नयाँ प्रतिभाहरुको प्रस्तुति यस कार्यक्रममा रहने आयोजकले जनाएको छ ।


कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि कमेडीयन खड्ग बहादुर पुनमगर(खबपु चन्चल),जनवादी कलाकार प्रतिभा महरा बुढामगर,साहित्यकार क्षितिज मगर,जनवादी कलाकार कुञ्जसिंह बुढामगर,जनवादी कलाकार पवन राम्जालि मगर, साहित्यकार सन्तोष हरदम,साहित्यकार रेशम संगित पुनमगर,कलाकार कुमारी पुनमगर लगायतका अतिथि कलाकारहरुको कार्यक्रममा सहभागिता रहेको छ भने स्थानिय स्तरका विभिन्न विद्यार्थी एवं नव प्रतिभाहरुको समेत थुप्रै प्रस्तुति रहने सुनछहरी कला–साहित्य समाजका अध्यक्ष कुमै पुनमगरले जानकारी दिए । यो समाचार तैयार गर्दा सम्म सुनसरा पुनमगरको एकल नृत्य,पर्शुराम आर.सीको कविता,सम्झना घर्तीमरको गित, देविसरा घर्तीमगर र सम्झाना घर्तीमगरको सामुहिक नृत्य,विशाखा बुढामगरको नृत्य, खेमराज पुनमगरको नृत्य,एन्जल बुढामगरको गित प्रस्तुति सकिएको छ ।


कला–साहित्य समाजका अध्यक्ष कुमै पुनमगरको अध्यक्षता,उपाध्यक्ष एलवि मगरको स्वागत तथा सचिव जंग पुमगरको सन्चालनमा चलिरहेको कार्यक्रममा सुनछहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष आश बहादुर पुनमगरको प्रमुख आतिथ्यता रहेको छ भने सुनछहरी गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष एवं सुनछहरी गाउँपालिकाका प्रवक्ता अमरजित पुनमगर, वार्ड नं ५ का वडा अध्यक्ष देविलाल रोकामगर,वार्ड नं.४ का वडा अध्यक्ष हर्कराम बुढामगर, कला–साहित्य समाजका संरक्षक एवं सुनछहरी गाउँपालिकाका पशुसेवा शाखा प्रमुख सुन बहादुर पुनमगर,समाजसेवि रिमु खत्री, युवा समाज सेवि पृथ्वी पुनमगर लगायतको आतिथ्य रहेको छ ।